धनकुटा ।  जनहित कार्य अन्तर्गत नेपाली सेनाले  श्री वक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिर धनकुटामा आउने भक्तजन तथा स्थानीय बासिन्दाहरुको आवश्यकतालाई मध्यनजर गर्दै नेपाली सेनाको   श्री नम्बर  २ बाहिनी अड्डा अन्तर्गत रहेको श्री भीमदल गणले विश्राम स्थलका लागि  बेन्च निमार्ण गरेर हस्तान्तरण गरेको छ।फोटो १

भौतिक संरचना स्तरोन्नती गर्ने उदेश्यले मन्दिरमा  दर्शनार्थीहरुको विश्रामका लागि  भिमदल गणको तर्फबाट ७वटा  वेन्च निर्माण गरि श्री वक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिरलाई हस्तान्तरण गरेको हो । फोटो २  2

     श्री भिमदल गणले निमार्ण गरेर मन्दिरलाई बेन्च हस्तान्तरण गर्ने कार्यक्रममा नेपाली सेनाको श्री नम्बर २ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी महेशकुमार थापा , प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेल , जिल्ला समन्वय समिती धनकुटाका प्रमुख निरन तामाङ्ग जिल्ला प्रहरी कार्यालय धनकुटा का प्रमुख प्रहरी उपरीक्षक श्री कृष्ण प्रसाद कोईराला, सशस्त्र प्रहरी बल नेपाल नम्बर -६ गुल्म हेड क्वाटर , छिन्ताङ्गका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक श्री सुदन प्रसाद भारती, राष्ट्रिय अनसन्धान जिल्ला कार्यालय धनकुटाका प्रमुख अनुसन्धान अधिकृत श्री सविना राई, लगायत धनकुटा नगरपालिका वडा नं. १ का वडा अध्यक्ष, मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरु लगायतका अतिथिहरुको सहभागिता रहेको भिमदल गणका गणपति सुमन थापाले जानकारी दिए ।