धनकुटा ।  नेपालीहरुका महान चाड वडा दशै, शुभ दिपावली, नेपाल सम्वत् ११४४, छैठ २०८० को अवसरमा नेपाली सेनाको भिमदल गण धनकुटाले शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ ।

     भिमदल गण सल्लेरी ब्यारेकले धनकुटाका सरकारी निकाय तथा  सामाजिक क्षेत्रमा आवद्धहरुलाई सहभागी गराएर चाडपर्व केन्द्रित शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको हो ।

  शुभकामना आदानप्रदान कार्यक्रममा विभिन्न जातजातिका भेषभुषा सहितको सांस्कृतिक कार्यक्रम समेत समावेश गरिएको भीम साँस्कृितक साँझ आरम्भ, आगन्तुकहरु समेतलाई समावेश गरेर जोडी बेलुन दौउड , म्युजिकल चेयर बालबालिका तथा अन्यको बेग्लाबेग्लै , विस्कुट दौउड लगायतका खेलहरुको प्रतिस्पर्धा गराइएको थियो ।WhatsApp Image 2023-10-18 at 17.35.16

    खेलकुद प्रतियोगितामा प्रथम हुनेलाई नगद पुरस्कार प्रदान गरियो । कार्यक्रमका अतिथीहरुलाई भिमदल गणका गणपति प्रमुख सेनानी सुमन थापाले मायाको चिनो प्रदान गरेका थिए । शुभकामना आदान प्रदान कार्यक्रममा धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल अतिथीहरुको सहयागिता रहेको थियो ।WhatsApp Image 2023-10-18 at 17.40.22 (1)