इटहरी । दशैं तिहार लगायतका ठुला चाडपर्वको समयमा रक्तदान कार्यक्रमहरु कम हुने तर्फ मध्यनजर गर्दै रगत आवश्यक पर्ने विरामीहरुलाई समस्या नहोस भनेर नेपाल तरुण दल इटहरी वडा नम्बर ७ले आयोजना गरेको रक्तदान कार्यक्रममा  ५४ जनाले रक्तदान गरेका छन ।

    नेपाल तरुण दल सुनसरीका सभापति सिजन गुरुगंको प्रमुख आतिथ्य तथा आयोजक इटहरी वडा नम्बर ७का सभापति अतिथ राईको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा ५४ जना महिला पुरुषले रक्तदान गरेका हुन ।WhatsApp Image 2023-10-18 at 14.01.54

   रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्र धरानको प्राविधिक सहयोग रहेको थियो ।  रक्तदान कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नम्बर ७का पुर्व वडाध्यक्ष नरबहादुर राई , नेपाली काँग्रेस इटहरी वडा ७का उपाध्यक्षद्धय जयनारायण चौधरी र बसन्त कार्की लगायतका काँग्रेस निकटका स्थानीय नेताहरुको सहभागिता रहेको थियो ।