इटहरी । कार्यक्षेत्रमा हुने लौंगिक हिंसा नियन्त्रणमा जोड दिदै सुनसरीको इटहरी महिलाहरुलाई लक्षित गरी अभिमुखिकरण कार्यक्रम गरिएको छ ।
नेपाल व्यापार कर्मचारी संघ इटहरीको आयोजना तथा समुदाय प्रहरी साझेदारी कार्यक्रम इटहरीको सहकार्यमा कार्यक्षेत्रमा हुने लौंगिक हिंसा नियन्त्रण विषयक अभिमुखिकरण कार्यक्रम गरिएको हो ।
इटहरी उपमहानगरपालिका उपप्रमुख संगिताकुमारी चौधरीको प्रमुख आतिथ्य तथा नेपाल व्यापार कर्मचारी संघ इटहरीका भरत बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा महिला हिंसा न्युनिकरण सम्वन्धमा गजेन्द्र कटुवाल लगायतले सहजिकरण गरेका थिए ।
कार्यक्रममा इटहरीका विभिन्न वडाका महिला जनप्रतिनिधिहरु , महिला प्रहरी , विभिन्न संघसंस्थामा आवद्ध महिलाहरु लगायतको सहभागिता रहेको थियो ।
श्रमिक, मजदुरहरुको समस्या, हकहित तथा अधिकारका क्षेत्रमा काम गर्दै आएको नेपाल व्यापार कर्मचारी संघ इटहरीले समयसमय विभिन्न पेशा व्यवसायमा आवद्धहरुलाई सहभागिता गराएर हक अधिकारका क्षेत्रमा सहजिकरण गर्ने गरेको छ । कार्यक्रममा इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्की लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।




















