इटहरी । ६८औं प्रहरी दिवसको अवसर पारेर सुनसरीको इटहरीमा प्रभातफेरीको आयोजना गरी मनाइएको छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको आयोजनामा प्रहरी दिवसको अवसरमा प्रभातफेरी गरिएको हो ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीबाट निकालिएको प्रभातफेरी इटहरीका मुख्य बजार क्षेत्र परिक्रममा गरेर पुनः सोही कार्यालयमा पुगेर समापन भएको थियो ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक सरोज पौडेल लगायतको सहभागिता रहेको प्रभातफेरीमा सवारी साधन भित्र मादक पदार्थ र धुम्रपान सेवन गरेर यात्रा नगरौं, सडकमा रोकी राखेको सवारीको अगाडी पछाडीबाट बाटो नकाटौं , ट्राफिक नियम पाला गरौं लगायतका ट्राफिक सचेतना समम्वन्धी प्ले कार्ड सहभागीहरुले बोकेका थिए । प्रभातफेरी सशस्त्र प्रहरी , नेपाल प्रहरी , इटहरी नगरप्रहरी , इटहरी लेडी जेसिज स्थानीय लगायतको सहभागिता रहेको थियो ।




















