इटहरी । इटहरी खानेपानी उपभोक्ता संस्थाको १९औं परिषद् बैठक औपचारिक कार्यक्रम सहित बसेको छ ।
प्रतिनिधि सभा सदस्य भगवती चौधरीको प्रमुख आतिथ्य तथा इटहरी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष रामप्रसाद चौलागाईको अध्यक्षतामा १९औं साधारण सभा भएको हो ।
साधारण सभामा इटहरी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष रामप्रसाद चौलागाईले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै इटहरी उपमहानगरपालिका क्षेत्रका २० वटा वडा मध्ये १४ वटामा खानेपानी पुर्ण तथा आंशिक रुपमा पुगेको जानकारी गराए । उनले इटहरीमा रहेका ४२हजार घरधुरी मध्ये २२हजार ६सय ७०भन्दा वढीलाई घरधुरी र सो घरधुरीको आश्रित परिवार समेत गरेर १लाख २५ हजार बढी जनसंख्इालाई नेपाल गुणस्तरको खानेपानी औसल दैनिक १८ वितरण गरिदै आएको वताए ।
२०५३सालबाट नेपाल सरकारबाट समितिलाई हस्तान्तरण भएपछि निरन्तर रुपमा समितिले खानेपानीका क्षेत्रका काम गर्दै आउने क्रममा ५विगाह ३कठ्ठा पौने ४धुर जग्गाा , एक विगाहमा कार्यालय भवन समेत रहेको लगायतका संरचना सहित गुणस्तरीय खानेपानी वितरण गरिदै आएको साधारणसभामा जानकारी गराइयो ।इटहरी खानेपानी तथा सरसफाई आयोजनाको सम्भाव्यता अध्ययन ,भौतिक ,आर्थिक र सामाजिक सवेक्षण सम्पन्न भई बातावरणीय प्रभाव मुल्याकन गरी अन्तिम प्रतिवेदन तयारी भएर आर्थिक वर्ष २०८० ।०८१मा निर्माणको प्रक्रियामा जाने ३ वटा ओभरहेड ९सय घन मिटरका २ वटा र ४सय ५० घनमिटरको १वटा निर्माण सम्पन्न भए सन् २०६०सम्म इटहरीका २०वटै वडामा गुणस्तरीय पानी प्रयाप्त मात्रामा आपुर्ति हुने समेत जनाइयो ।
साधारण सभामा उत्कृष्ट कर्मचारीका रुपमा लेखापाल विनोद अधिकारी र सह लेखापाल गिता ढुंगाना बराललाई जनही नगद १५ सहित सम्मान गरियो ।
कार्यक्रममा नेकपा एमालेका इटहरी नगर अध्यक्ष यामकुमार सुब्बा , राप्रपाका इटहरी नगर अध्यक्ष आकासहाँग सुब्बा , इटहरीका विभिन्न वडाका वडाध्यक्षहरु, इटहरी खानेपानी उपभोक्ता संस्थाका सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।




















