इटहरी । सुनसरीको इटहरीमा कर्पाेरेट क्रिकेट फेस्टिवल २०८० आयोजना हुने भएको छ ।
जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको आयोजना तथा रोटरी क्लव अफ इटहरी युगलको सह आयोजनामा यही असोज १९ र २० गते कर्पोरेट क्रिकेट फेस्टिवल २०८० को आयोजना गर्न लागिएको पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो।
प्रतियोगिताको विषयमा जानकारी गराउन आयोजना गरिएको पत्रकार सम्मेलनमा अबक खेलकुद संगै स्वास्थ्य र पर्यटन भन्ने नाराका साथै खेलकुदसंगै पर्यटन क्षेत्रको विकासमा रचनात्मक योगदान गर्ने उद्धेश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको आयोजक जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीका अध्यक्ष तेजवहादुर पुरीले जानकारी दिए ।
उनले छरिएर रहेका व्यवसायीहरुलाई एक आपसमा चिनजान र भाइचारा अभिवृद्धि गराउन, खेलको माध्यमबाट होटल तथा पर्यटन व्यवसायलाई चलायमान गराउने उद्धेश्यले समेत कार्यक्रम आयोजना गर्न लागिएको वताए ।
१६ वटा टिम र सुपर सिक्स गेम हुने कार्यक्रम संयोजक गोविन्द पौडेलले जानकारी दिए । प्रतियोगिताको प्रथम हुने टिमलाई २५हजार नगद सहित शिल्ड प्रमाण पत्र , दोस्रो हुने टिमलाई १५हजार नगद सहित शिल्ड प्रमाण प्रदान गरिने वताइयो ।
प्रतियोगितामा उद्योग वाणिज्य संघ इटहरी , विश्व आर्दश कलेज इटहरी , सुषमा गोदावरी कलेज इटहरी , औषधी व्यवयासी संघ इटहरी , इटहरी उपमहानगरपालिका , माडवारी युवा मञ्च लगायतका १६ टिमको सहभागिता हुने समेत जनाइयो ।
पत्रकार सम्मेलनमा होटल तथा पर्यटन व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष देवी गौतम , रोटरी क्लव अफ इटहरी युगलका अध्यक्ष राजिव घिमीरे,सफल पौडेल ,प्रकास राई लगायतका अतिथीहरुको सहभागिता रहेको थियो । प्रतियोगिता नेपाल डिभिएम स्कुलको खेल मौदानमा हुने छ ।




















