विराटनगर/ नेकपा एमाले कोशीप्रदेश अधिवेशनबाट नेतृत्वचयनकालागिभएको निर्वाचनको सांँझ ५ बजे पछि मतगणना सुरू भएको छ ।
अधिबेशनमाअध्यक्षलागिमोरङका नेताहरु विनोद ढकाल र घनश्याम खतिवडा मैदानमाउत्रिएकाछन् ।
अधिवेशनबाट ५ पदाधिकारीसहित २१५ सदस्यीय समितिनिर्माण हुनेछ । त्यसकालागि ४५० जनाको उम्मेदवारी परेको थियो । जसमध्ये उपाध्यक्षमा धनकुटाका टिकाराम चेम्जोङ निर्विरोध चयन भइसकेका छन । सचिवमापाँचथरका राजकुमार भण्डारी र उदयपुरका शैलेश लामाबीचप्रतिष्पर्धा रहेकोछ ।
दुई जनाउपसचिवको लागिझापाकीजलवर्षा राजवंशी, मोरङका खेमराज नेपाली र खोटाङका देवान राईबीचप्रतिस्पर्धा हुने भएको छ ।आइतबार राति १० बजेबाट सुरु भएको मतदानविहान ५ बजे सकिएको थियो । मतदान सकिएको १२ घन्टापछि मतगणना सुरू भएको छ ।
अधिवेशनमा ९९७जनाप्रतिनिधि रहेकोमा ९७७मत खसेको थियो भने ७ स्थानबाट मतगणना सुरू भएको निर्वाचन समितिले जनाएको छ । सुरक्षाकर्मीको कडा सुरक्षाकाविच मतगणना सुरु गरिएको छ ।




















