इटहरी । पुर्व क्षेत्रमै शैक्षिक तथा अतिरिक्त क्रियाकपलाका कारण नाम कमाएको विश्व आदर्श एकेडेमीले विद्यार्थीको प्रयोगात्मक अभ्यास अभिभावकहरुले प्रर्दशन गराएको छ ।
कक्षा ६ देखि ८ सम्मका विद्यार्थीलाई लक्षित गरी विश्व आर्दश एकेडेमीले कारखाना सायन्स सञ्चालन गरिरहेको र विद्यार्थीले आफना अभिभावकहरुकै उपस्थितीमा साइन्सको अभ्यास गरेर देखाएका हुन ।
आफना छोराछोरीले विद्यालयमा गरेको साइन्स विषयको प्रयोगात्मक अभ्यास विद्यार्थीका अभिभावकहरुले आफैले हेर्न पाउदा दगं भएका छन । कतिपय अभिभावकहरुले आफुहरुले पढ्ने समयमा अन्दाजको भरमा पढ्नु परेको र अहिले आफना नानीबाबुहरुले साइन्स किटको माध्यमबाट अभ्यास गरेको पाउदा खुसी लागेको वताए ।
विद्यार्थीलाई अझ धेरै वुझाउन सकियोस भनेर कारखाना साइन्स सञ्चालनमा ल्याइएको र विद्यार्थीले पहिलेको तुलनामा अहिले अझै धेरै राम्रोसंग वुझने गरेको विद्यालयका संयोजक तथा साइन्स टिर्चर सुरज लिम्बु वताउछन ।
विद्यालयमा शैक्षिक तथा अतिरिक्त क्रियाकलाप साथै नयाँ नयाँ शैक्षिक शुत्रका रुपमा प्राटिकल गर्दै सहज रुपमा विद्यार्थीले वुझ्ने विधीहरु पनि अपनाउन थालिएको विश्व आर्दश एकेडेमीका प्रिन्सिपल गणेश दुलाल वताउछन ।
विश्व आर्दश एकेडेमीले वि.सं.२०७४साल देखि विद्यालय तहको कक्षा सञ्चालन गर्दै आएको छ ।




















