धनकुटा । रक्षावन्धनलाई आपसी सद्भाव र स्नेहको पर्वका रुपमा मनाउदै आएको ब्रह्मा कुमारी राजयोग सेवा केन्द्र धनकुटाले सामुहिक रक्षावन्धन गरेको छ ।
हरेक वर्ष रक्षाबन्धनका दिन सामुहिक रुपमा रक्षाबन्धन गर्दै आएकोमा यस बर्ष पनि आपसी सद्भावको पवित्र बन्धन रक्षाबन्धन सामुहिक रुपमा गरिएको हो।
रक्षाबन्धनका लागि केन्द्रमा आएकाहरुलाई केन्द्रकी सञ्चालिका निर्मला ढकाल लगायतका बह्मकुमारीहरुले रक्षाबन्धन बाँधिदिएका थिए ।
विभिन्न किसिमका विकृतीहरुबाट रक्षा होस तथा मर्यादाको प्रतिकका रूपमा सुख शान्तिको कामना गर्दै बाँधिने रक्षाबन्धन जिल्ला अस्पताल धनकुटा , जिल्ला कारागार धनकुटा , सशस्त्र प्रहरी वल ६ नम्बर गुल्म धनकुटा , जिल्ला प्रहरी कार्यालय धनकुटामा पुगेर बह्मकुमारीहरुले चिकित्सक ,विरामी , कार्यालय प्रमुख ,कर्मचारी , सुरक्षाकर्मी , कैदीबन्दी , विद्यार्थी शिक्षक ,समाजसेवी सर्वसाधारणहरुलाई रक्षाबन्धन बाँधिदिएका थिए । 
सोही क्रममा भिमदल गण सल्लेरीमा रक्षाबन्धन लगायतका विषयमा केन्द्रकी सञ्चालिका ढकालले प्रवचन दिएको थिन् ।
त्यसै गरी जनैपूर्णिमा तथा रक्षाबन्धनका अवसर पारेर धनकुटामा तागाधारी सनातनीहरुले विभिन्न मठमन्दिरमा मन्त्रीएका जनै तथा रक्षाबन्धन समेत गुरु पुरोहितका हातबाट लगाएका छन ।




















