इटहरी । इटहरी तथा आसपासका विरामीहरुलाई उपचारका लागि बाहिर जानु नपरोस भनेर नीजि क्षेत्रबाट इटहरीमा सञ्चालित पहिलो अस्पताल सामुदायिक अस्पतालले विभिन्न १६ वटा रोगका विशेषज्ञ चिकित्सक सेवा सहित २४ घण्टे आकस्मिक सेवा सञ्चालन गर्दै आएको छ  ।

   वि.सं.२०५६सालमा इटहरी तथा आसपासका क्षेत्रका विरामीहरु उपचारका लागि रातको समयमा समेत धरान र विराटनगर जानु पर्ने बाध्यतालाई मध्यनजर गर्दै सञ्चालनमा ल्याइएको सामुदायिक अस्पतालले सेवा विस्तार गर्दै विभिन्न १६ रोगका विशेषज्ञ चिकित्सक सेवा  सहित  २४ घण्टै आकस्मिक सेवा एम्बुलेन्स सेवा सञ्चालन गर्दै आएको हो ।

  स्थापनाको समय देखि लामो समय सम्म इलाका प्रहरी कार्यलय अगाडी कोठा भाडामा लिएर सेवा दिदै आएको सामुदायिक अस्पतालले एक वर्ष अघि देखि इटहरी ४ हलगडामा आफनै भवन निर्माण गरेर सेवा विस्तार गरी विभिन्न रोगका विशेषज्ञ चिकित्सक सेवा , सुविधा सम्पन्न ल्याव,रेडियोलोजि, भिडियो एक्सरे लगायतको दैनिक सेवा दिदै आएको सामुदायिक अस्पतालका अध्यक्ष टंक दुलालले जानकारी दिए ।

 उनले अस्पतालले सेवा विस्तार गर्दै आएको र आफनै भवनबाट सेवा प्रभावकारी रुपमा सञ्चालन गर्न थालेपछि इटहरीको मुख्य चोक क्षेत्रको  थाना अगाडी रहेको शाखा समेत पुर्ण रुपमा बन्द गरेर त्यहाँबाट प्रदान गरिदै आएको सेवा समेत इटहरी ४ हलगडामा रहेको आफनै भवनबाट दिन थालेको समेत अध्यक्ष दुलालले वताए । 

  अस्पतालमा हाल २४सै घण्टा जनरल तथा आकस्मिक मेडिसिनका सम्पुर्ण रोग सम्वन्धी सेवा दैनिक ओपिडी तथा आकस्मिक सेवा , रेडियोलोजी सेवा, पेट तथा कलेजो , मानसिक रोग, आँखा रोग , सौन्दर्य ,छाला ,यौन रोग सम्वन्धी सेवाहरु सहित आकस्मिक तथा परामर्श सेवा समेत सञ्चालन गरिदै आएको समेत जानकारी गराइयो ।