इटहरी । कक्षा ११मा अध्ययनका लागि आएका विभिन्न संकायका विद्यार्थीलाई जनता माध्यमिक विद्यालय इटहरीमा स्वागत गरिएको छ ।

  विद्यालयमा कक्षा ११मा अध्ययनका लागि आएका विभिन्न संकायका विद्यार्थीका कक्षा १२का विद्यार्थी स्वागत कार्यक्रम आयोजना गरेका हुन ।

   कक्षा १२का विद्यार्थी आवास निरौलाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख आतिथ्य विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशी नाथ दंगालको रहेको थियो । स्वागत कार्यक्रममा एसइईमा उत्कृष्ट जिपीए ल्याउने तीन जना विद्यार्थीलाई नगद सहित सम्मान गरियो । यसरी सम्मानित हुने विद्यार्थीमा ओसिका चौधरी , हुलास शाही ठकुरी र दिक्षा श्रेष्ठ रहेका छन । त्यसै गरी अन्य १२ जना विद्यार्थीलाई समेत सम्मान गरियो ।WhatsApp Image 2023-08-30 at 15.08.27

 स्वागत कार्यक्रममा विद्यार्थीले सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा  विज्ञान , कानुन , मानविकी , व्यवस्थापन , शिक्षा संकायको अध्ययनका लागि आएका ६सय विद्यार्थीको सहभागिता रहेको जनता माविका सुचना अधिकारी ज्योति कोइरालाले जानकारी दिए ।

 कार्यक्रममा विद्यालयका प्रध्यानाध्पक पशुपति सिग्देल सहित इटहरी उपमहानगरपालिका वडा नम्बर ९का कार्यवाहक वडाध्यक्ष सञ्जु प्रधान लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।