धनकुटा । राजस्व संकलन कार्यलाई सहज र विश्वसनीय वनाउन महालेखा नियन्त्रण कार्यालय काठमाडौंले तयार पारेको सफ्टवेयर सुत्र राजस्व मोडल सञ्चालनमा ल्याउने उद्धेश्यले धनकुटा नगरपालिकामा रहेका सवै वडाको सहभागिता तालिम सञ्चालन गरिएको छ ।
देशभरकै पालिकाहरुको राजस्व संकलनलाई एकरुपता ल्याउने उद्धेश्यले महालेखा नियन्त्रण कार्यालय काठमार्डाैले तयार पारेको सुत्र राजस्व मोडलमा राजस्व संकलन कार्यलाई सहज वनाउन धनकुटाका दस वटै वडाका सचिव र कर संकलक सहायकहरुको सहभागितामा तालिम आयोजना गरिएको हो ।
केही दिन देखि उक्त सफ्टवयर सञ्चालनका लागि सचिव र कर संकलक सहायक कर्मचारीलाई दक्ष वनाउने उद्धेश्यले सञ्चालन गरिएको तालिममा धनकुटा नगरपालिका लेखा अधिकृत नरबहादुर भुजेल, राजस्व प्रशासन अधिकृत राजु गुरागाँईले राजस्व संकलनका विषयमा शहजिकरण गरेका थिए ।
भने प्रेम निरौला, विपना थापा, थोपा निरौला लगायतले प्राविधक विषयमा सहजिकरण गरेका थिए । सुत्र राजस्व मोडलबाट राजस्व संकलन कार्यलाई सहज वनाउने उद्धेश्यले तालिम सञ्चालन गरिएको धनकुटा नगरपालिका राजस्व प्रशासन अधिकृत राजु गुरागाइले जानकारी दिए ।
मलेपले तयार पारेको राजस्व संकलन मोडलका विषयमा यस अघि पनि धनकुटामा तालिमको आयोजना गरिएको थियो । तालिम समापन कार्यक्रम धनकुटा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मुक्तिनाथ सुवेदीको प्रमुख आतिथ्यमा भएको थियो ।




















