इटहरी । शान्ति सुरक्षालाई मध्यनजर गर्दै सुनसरी प्रशासनले धरानमा लगाएको निषेधादेशका कारण हिन्दु जागरण अभियान इटहरी केन्द्रित बन्न पुग्यो ।

  गौ हत्याका विरुद्धमा सुनसरीको धरानमा ओमकार परिवारका तर्फबाट आह्वान भएको हिन्दु जागरण अभियानलाई लक्षित गरी स्थानीय प्रशासनले संक्रामक रोग ऐन २०२० र  स्थानीय प्रशासन ऐन २०२८ अन्तरगत निषेधादेश जारी गरेपछि पुर्व निधारित कार्यक्रम इटहरी केन्द्रित वन्न पुगेको हो ।

 गौ हत्याका विरुद्धमा सुनसरीको धरानमा हिन्दुहरु आयोजना गर्ने कार्यक्रमलाई लक्षित गरी  सुनसरीले प्रशासनले सामुहिक रुपमा गरिने र्याली भेला लगायतका कार्यक्रम गर्न नपाइने गरी सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले शुक्रवार राती १२ बजे देखि शनिवार राती १२ बजे सम्मका लागि धरान उपमहानगरपालिका क्षेत्रमा निषेधादेश जारी गरेकी थिइन । निषेधादेशका विच पनि हिन्दु जागरण अभियान अन्तरगत भेला भएकाहरु धरान तर्फ जाने प्रयास गरेका थिए । निषेधादेश जारी गरिएको क्षेत्रमा प्रवेश गर्न नदिनका लागि ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।IMG_20230826_092225

धरान प्रवेश गर्ने चारै तिरका नाकाहरुमा ठुलो संख्या सुरक्षाकर्मी तैनाथ गरेर प्रर्दशनकारीहरुलाई धरान प्रवेश गर्न रोकिएपछि हिन्दु जागरण अभियानवालाहरुले इटहरीको पानी पिया क्षेत्रमा ठुलो संख्यामा भेला भएर गौ हत्याको निन्दा गर्दै प्रर्दशन गरेका थिए । सो क्रममा जागरण अभियानका अगुवा नेपालका प्रथम जगतगुरु वाल सन्त मोहनशरण  देवाचार्यले आफुहरुको अभियान कसै प्रति लक्षित नभएको तथा प्रतिस्पर्धा लडाई ,जातिय सद्भाव विथोल्नका लागि नभएर गौ हत्या गर्नु हुदैन भन्दै गाईको माया गर्नेहरु पनि छन भनेर देखाउने काम मात्र गरेको वताए । उनले धरान र जनजाति विरोधी नभएको समेत स्पष्ट पारेका थिए ।IMG_20230826_105110

धरानमा गोरु काटेर खाएको भन्दै सामाजिक सञ्जालमा विभिन्न खाले टिकाटिप्पणी भई रहेको समयमा ओमकार परिवारको आह्वानमा आजका लागि धरानमा हिन्दु जागरण अभियान सञ्चालन गर्ने पुर्व कार्य घोषणा गरेको थियो । 

जागरण अभियानमा स्वामी अच्युतप्रपन्नाचार्य, गोलोक गोवर्धन गौशालाका पिठाधीश नन्दकिशोर महाराज,नयाँ वृन्दावन गौशालाका पिठाधीश दीनबन्धु शास्त्री, शेषनारायण दिव्यधाम सुन्दरहरैँचाका पिठाधीश स्वामी यतिराजाचार्य लगायतको सहभागिता रहेको थियो ।