इटहरी । उद्योग वाणिज्य संघ इटहरी महिला उद्यम समितिको आयोजनामा यहि भाद्र १५ गते देखि १७ गते सम्म सञ्चालन गरिने महिला उद्यमशिलता प्रर्दशनी मेलालाई सफल वनाउने विषयमा विभिन्न संघ संस्थासंग छलफल र अन्तरक्रिया गरिएको छ ।
उद्यमीहरुका उत्पादनलाई बजारिकरण सहित प्रवद्धनमा जोड दिदै इटहरीमा आयोजना गरिने तीन दिने महिला उद्यमशिलता प्रर्दशनी मेलाका विषयमा आयोजकले विभिन्न संघ संस्थाका प्रतिनिधिहरुसंग छलफल र अन्तरक्रिया गरेको हो ।
इटहरी उद्योग वाणिज्य संघ महिला उद्यम समिति, नेपाल युवा उद्यमी मञ्च सुनसरीको संयुक्त आयोजनामा इटहरीको लायन्स क्लवमा सञ्चालन गरिने महिला उद्यमशिलता प्रदशनीलाई सफल वनाउने विषयमा इटहरी क्षेत्रका क्रियाशिल संघ संस्था , शैक्षिक संस्था , उद्योगी व्यवसायीहरुको सहभागिता छलफल गरियो ।
छलफलमा उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जिवन पराजुली , कार्यक्रम संयोजक मिना ढकाल , विश्वआर्दश कलेजका प्रार्चाय गणेश दुलाल , नेपाल रेडक्रस सोसाईटी इटहरीका अध्यक्ष दिनेश कुमार भट्टराई , जिल्ला होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष तेजवहादुर पुरी लगायतको सहभागिता रहेको थियो। महिला उद्यमशिलता प्रर्दशनी मेलामा घरेलु उत्पादनलाई विशेष गरी प्राथमिकतामा राखेर उद्यमशिलतामा महिलाहरुलाई उत्साहित वनाउने उद्धेश्यले महिला उद्यमशिलता प्रर्दशनी आयोजना गर्न लागिएको सो अवसरमा जानकारी गराइएको थियो ।




















