इटहरी । आयल्स तथा पिटिइ का लागि सहजिकरणका गर्ने गरी कक्षा सञ्चालन गर्दै आएको एक्सपोट एजुकेशन भिजा सर्भिस इटहरीले आफनो संस्थामा कक्षा लिइरहेका प्लस टु उत्तिर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
उच्च शिक्षा अध्ययनका लागि विदेशका विभिन्न विश्व विद्यालयहरुमा अध्ययनका लागि सहजिकरणका लागि आयल्स र पिटिइ तयारी कक्षा सञ्चालन गर्दै आएको एक्सपोट एजुकेशनले आफ विद्यार्थीलाई सम्मान गरेको हो ।
विगत केही वर्ष यता देखि अस्टे«लिया , अमेरिका , वेलायत , क्यानडा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीका लागि तयारी कक्षा सहित सहजिकरण गर्दै आएको एक्सपोट एजुकेशन भिजा सर्भिस आफना २सय ५० वढी विद्यार्थीलाई सम्मान गरेको छ । कार्यक्रममा विद्यार्थीलाई मेडल तथा पुरस्कार सहित सम्मान गरियो । सम्मानित विद्यार्थीलाई एक्सपोट एजुकेशनका प्रवन्ध निर्देशक कमल तिम्सिना , निर्देशक भव तिम्सिना लगायतले सम्मान गरे ।
एक्सपोट एजुकेशनमा अध्ययन गरेका २सय ८९ जना विद्यार्थी हाल सम्म उच्च शिक्षाका लागि अष्टे«लिया , अमेरिका , बेलायत , क्यानडा पठाउन सफल भएको सो अवसरमा जानकारी गराइयो । सो कार्यक्रममा उत्प्रेरक दिपेन्द्र निरौलाले विद्यार्थीलाई उत्प्रेरणात्मक प्रस्तुति समेत राखेका थिए ।




















