धनकुटा । अलोहा मेडिकल मिसन हवाई अमेरिकाको प्राविधिक सहयोग र स्थानीय व्यवस्थापनमा धनकुटामा हुने निःशुल्क बृहत शल्यक्रिया शिविर तयारीका लागि समन्वय समिति बैठक सम्पन्न भएको छ ।
उक्त सिविरमा गरीव, असहाय, विपन्न, तथा सीमान्तकृत समुदायहरु स्वास्थ्यको पहुच बाट वंचित भएकाको प्रत्यक्ष, अप्रत्यक्ष रूपमा विभिन्न प्रकारको शल्यक्रिया सहित स्वास्थ्य सेवा पुर्याउने उद्धेश्यले धनकुटामा शिविर संचालन गर्न लागेको हो ।
शिविरमा हात नभएको व्याक्तिलाई कृतिम हात प्रदान गरी पूर्नस्थापना गर्न मद्भत पुर्याउने, स्वास्थ्यको वारेमा सचेतना जगाई व्यावहारमा परिवर्तन गर्ने र विभिन्न स्थानीय संघ संस्थाहरू तथा अन्तर्राष्ट्रिय संघसंस्था विचमा समन्वय र सहकार्य गर्दै स्वास्थ्य सेवाबाट वंचित जनताहरूलाई स्वास्थ्य सेवा पुर्याउने बैठकमा जानकारी गराए ।
यसका साथै नेपाल सरकारको स्वास्थ्य नीतिमा समेत टेवा पुर्याउने उद्देश्यले निःशुल्क बृहत् शल्यक्रिया स्वास्थ्य शिविरको आयोजना गर्न लागेको आयोजक संस्थाका अध्यक्ष रोसेस श्रेष्ठले बताए । 
उक्त ठुलो शल्यक्रिया गर्दा एकजना बराबर ५हजार देखि ५० हजार सम्मको शल्यक्रिया खर्च लाग्ने अवस्थामा मिसनबाट निःशुल्क शल्यक्रिया सहितको प्राविधिक सेवा प्रदान गरिने भएको छ ।
जिल्ला अस्पताल धनकुटा र सल्भ नेपालको सहआयोजनामा हने सिविर असोज १ गतेदेखि १२ गतेसम्म जिल्ला अस्पतालमा सञ्चालन गरिने सिविरमा करिब ५सय जना सम्मको शल्यक्रियामा ४५ जना विदेशी प्राविधिक टोलीले सेवा दिने आयोजकले जनाएको छ ।
जिल्ला समन्वय समिति तथा अस्पताल विकास समितिका अध्यक्ष निरन तामाङ्गको अध्यक्षताका सम्पन्न बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी अन्जन न्यौपाने, जिल्ला प्रहरी कार्यालयका प्रमुख कृष्ण कोईराला, भिमदल गण सल्लेरी ब्यारेकका गणपति प्रमुख सेनानी सुमन थापा, शसस्त्र प्रहरी वल छिन्ताङ गुल्मका गुल्मपति सुदन प्रसाद भारती, राष्ट्रिय अनुुसन्धानका अधिकृत सविना राई, नेकपा ( माओवादी केन्द्रकी अध्यक्ष कुसुम श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।




















