इटहरी । उद्यमीहरुका उत्पादनलाई बजारिकरण सहित प्रवद्धनमा जोड दिदै सुनसरीको इटहरीमा तीन दिने महिला उद्यमशिलता प्रर्दशनी आयोजना हुने भएको छ ।

  इटहरी उद्योग वाणिज्य संघ महिला उद्यम समिति, नेपाल युवा उद्यमी मञ्च सुनसरीको संयुक्त आयोजनामा यही भाद्र १५ गते देखि १७ गते सम्म इटहरीको लायन्स क्लवमा सञ्चालन गरिने महिला उद्यमशिलता प्रदशनीका विषयमा पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो ।

   घरेलु उत्पादनलाई विशेष गरी प्राथमिकतामा राखेर उद्यमशिलतामा महिलाहरुलाई उत्साहित वनाउने उद्धेश्यले महिला उद्यमशिलता प्रर्दशनी आयोजना गर्न लागिएको प्रर्दशनीकी संयोजक मिना ढकालले जानकारी दिइन । उनले घरेलु ,लघु उद्योगहरुबाट निर्मित दैनिक उपभोग्य वस्तु , कृषिजन्य तथा जडीवुटि ,हस्तकला , सौन्दय कला लगायतका स्टलहरु प्रर्दशनी राखिने समते संयोजक ढकालले वताइन ।WhatsApp Image 2023-08-18 at 15.34.36 (1)

उद्यमशिलता प्रर्दशनीमा कोशी प्रदेशका विभिन्न ठाउँमा उत्पादनहरुका ७५वटा स्टल रहने पत्रकार सम्मेलनमा जानकारी गरायो । उद्यमशितलामा जोड दिएर घरेलु तथा साना उद्योग सञ्चालन गर्ने उद्यमीहरु वढाउन सके रोजगारीका लागि वैदेशिक रोजगारीमा जाने युवाहरुलाई स्वदेशमै आकर्षण गर्न सकिने  र तीन दिन सम्म सञ्चालन हुने प्रर्दशनीमा ५०हजार मानिसले अवलोकन गर्ने समेत इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष जिवन पराजुलीले जानकारी दिए ।

पत्रकार सम्मेलनमा नेपाल युवा उद्यमी मञ्चका तर्फबाट उत्कृष्ट तीन स्टललाई जनही १५हजारका दरले पुरस्कृत गर्ने घोषणा गरियो । पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशकी महिला उद्यम समितिकी अध्यक्ष सरु केसी  , नेपाल युवा उद्यमी मञ्चका अध्यक्ष  चन्द्र देवकोटा,जिल्ला होटल तथा पर्यटन ब्यवसायी संघका अध्यक्ष तेज बहादुर पुरी,होटल ब्यवसायी संघका कार्यवाहक अध्यक्ष जयप्रसाद उपाध्य,उद्योग वाणिज्य संघका महासचिव विनोद पौडेल  लगायतको सहभागिता रहेको थियो ।