विराटनगर  । परिवारनियोजन र प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धि पैरवी गर्ने एक दिवसिय कार्यशाला गोष्ठि विराटनगरमा सम्पन्न भएको छ ।

राज्यले दिएका ३२, ५२, ६८ औषधीलगायतका सेवा निःशुल्क भनिरहदा पनि होर्डिङ्गबोर्डमा लेखेजति औषधी जनतालाई निःशुल्क दिन नसकिएको बताउदै महिलाले पिल्स समेत नपाईरहेको अवस्थामा सेवाग्रहीहरुले गुनासो गरिरहेकोले स्वास्थ्य सेवाग्राहीहरुलाई समस्या भईरहेको प्रदेश स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बुले उद्घाटनका क्रममा बताउनु भयो । 

प्रदेश स्तारीय वकालत परिवारनियोजन तथा सुरक्षित यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि  अधिकारका विषयमा महत्वपुर्ण सम्पन्न पैरवी गोष्ठिले नेपाली स्वास्थ्य सेवामा  परिवारनियोजन परिवार योजना तथा यौन तथा प्रजन्न स्वास्थ्य सम्बन्धि नेपाल परिवारनियोजन संघले ६४ बर्ष पहिले देखिनै अनवरत रुपमा सहयोग गर्दै सेवा दिदै आएको कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका स्वास्थ्य निर्देशक ज्ञान बहादुर वस्नेतले जानकारी दिनुभयो ।WhatsApp Image 2023-08-17 at 12.25.44

उहाँका अनुसार यस संस्थाले अझ बढि सहकार्य गर्दै तीनै तहका संघीय, प्रदेश र स्थानीय सरकारसँगको तादम्यतामा अन्य कार्यक्रमकालागि साधानको विस्तृतिकरण, जनतालाई दिने सेवाहरु, गुणस्तरीय सेवाका कुराहरु, प्रजन्न स्वास्थ्य सम्बन्धि अधिकारका कुराहरुलाई समेत समेट्ने गरी सम्पन्न भएको यस गोष्ठिले विगतका दिनमा दिन नसकिएका समाज सेवाहरु किसोर किसोरीको अवस्था, मातृमृत्युदर, शिशु मृत्युदरलगायतलाई परिवारनियोजनको व्यावस्थापनले पनि असर पार्छ भन्ने जानकारी मुलक वकालत सहितको यस गोष्ठिले कोशी प्रदेशमा आगामी दिनमा व्यावस्थापकीय पक्षलाई शहजता बनाउने, यसमा मन्त्रि, सांसदलगायतले ऐन कानुनका कुरा परिवर्तन गर्ने र बजेटमा समेत सम्बोधन गर्नेलगायतको विषयमा भएको छलफलले परिवारनियोजन र यौन तथा प्रजन्न स्वास्थ्य सम्बन्धि नयाँ आयाम थपेको छ । 

स्थानीय स्तर, स्थानीय समुदायसँग पैरवी कार्यक्रम गर्दा बढिभन्दा बढि जनताको विचमा कसरी सेवा प्रभाबकारीता बढाउन सकिन्छ । सबैको साथ र सहयोगले कसरी सेवालाई परिणाम मुखि बनाउन सकिन्छ ।vlcsnap-2023-08-18-10h19m01s881 भन्ने लगायतका विषयमा छलफल गराउने उदेश्यले आयोजना गरिएको यस कार्यक्रमले आगामी दिनमा जनप्रतिनिधि, सरकारी निकायमा काम गर्ने पदाधिकरीहरु, स्वास्थ्य क्षेत्रमा काम गर्ने सबै संघ संस्थाहरुलाई हातेमालो गरेर कसरी बढि भन्दा बढि परिणाम मुखि बनाउन सकिन्छ भन्ने विषयमा छलफल गर्न आयोजना गरेको गोष्ठिमा भएका प्रतिबद्धताहरुले आगामी दिनमा परिवारनियोजन र प्रजन्न स्वास्थ्य कार्यक्रमलाई प्रदेशस्तरमा सफल रुपमा अगाडी बढाउन एउटा कोशेढुङ्गा सावित भएको नेपाल परिवार नियोजन संघ मोरङ्ग शाखाका शाखा प्रबन्धक शंकर दाहालले जानकारी दिनुभयो । 

नेपाल परिवारनियोजन संघ केन्द्रिय कार्यलय र मोरङ्ग शाखा कार्यलयको आयोजनामा प्रदेश स्वास्थ्य मन्त्रि  निर्मला तावा लिम्बुको प्रमुख आतिथ्यतामा सम्पन्न गोष्ठिमा सांसद, पालिका प्रमुख तथा उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, स्वास्थ्य निर्देशनालयका कर्मचारी, स्वास्थ्यकर्मीलगायतको उपस्थिति रहेको थियो ।