इटहरी । जापानमा अध्ययन तथा रोजगारीका लागि जान चाहनेहरुलाई लक्षित गरी सुनसरीको इटहरीमा मिरोकु ग्लोवल एजुकेशन कन्सल्ट्रेन्सी सञ्चालनमा आएको छ ।
जापानीजहरु समेतको सहभागिता रहने गरी सञ्चालनमा ल्याएको मिरोकु ग्लोवल एजुकेशनले उच्च शिक्षाका लागि जापानका विभिन्न कलेजहरुसंग समन्वय गर्ने देखि लिएर रोजगारीका लागि जान चाहनेहरुलाई समेत सहजिकरण गर्ने भएको हो ।
विद्यार्थी तथा रोजगारीका लागि जान चाहनेहरुलाई जापानीज भाषा कक्षा सञ्चालन गर्ने गरी सञ्चालनमा ल्याइएको एजुकेशन कन्सल्ट्रेन्सीमा जापानको एक कलेजका प्रिन्सिपल होन्मा हिरोकी , ताकेगुची युरितो , होवाङ हाई , ओनोसो नोरिआकी समेतको सहभागितामा अभिभावक तथा विद्यार्थीहरु संग अन्तरक्रिया सहित एजुकेशन कन्सल्ट्रेन्सीका विषयमा जानकारी गराइयो ।
कोशी प्रदेशको केन्द्र विन्दुका रुपमा रहेको इटहरीमा कन्सल्ट्रेन्सी सञ्चालनमा ल्याएर यस क्षेत्रका विद्यार्थी तथा रोजगारीका लागि जापन जान चाहनेहरुलाई सहज वनाउने उद्धेश्य सहित जापानिज भाषाको कक्षा सञ्चालन गर्न थालिएको कन्सल्ट्रेन्सीका प्रवन्ध निर्देशक राजनबाबु सुवेदीले जानकारी दिए ।
इटहरीमा जापानिज भाषा कक्षा सञ्चालन गर्ने एक दर्जन भन्दा वढी कन्सल्ट्रेन्सी रहेका रहेका छन । 




















