विराटनगर । कोशीमा ज्येष्ठ प्रदेशसभा सदस्य गयानन्द मण्डल राज्यमन्त्री बन्नुभएको छ ।
मुख्यमन्त्री उद्धव थापाले मण्डललाई बुधबार कृषि राज्यमन्त्री नियुक्त गर्नुभएको छ । नवनियुक्त राज्यमन्त्री मण्डलको बुधबार नै शपथग्रहण भएको छ । कोशी प्रदेश सभामुख विहीन छ ।
सत्तारुढ गठबन्धनले उपसभामुख सृजना दनुवारको राजीनामा आए मण्डलले प्रदेश सभा बैठक सञ्चालन गर्नुपर्ने अवस्था छ । यस्तो अवस्थामा सत्ता गठबन्धनले बाध्यात्मक अवस्थालाई टार्ने रणनीति अनुसार मण्डललाई राज्यमन्त्री बनाएको हो ।।
साउन १६ गते मुख्यमन्त्री नियुक्त थापाले भदौं १३ गतेभित्र विश्वासको मत लिनुपर्ने हुन्छछ । तत्कालीन सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर कठिन बहुमतसहित मुख्यमन्त्री बन्नुभएका थापाले भदौ १ गतेबाट प्रदेश सभा बैठक बोलाउनु भएको छ ।




















