इटहरी । संस्थागत विद्यालयहरुको हित विपरित मन्त्रीपरिषदले विद्यालय शिक्षा सम्वन्धि कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विद्येयक २०८० पास गरेर संसदमा टेबुल गर्न लागेको भन्दै संस्थागत विद्यालयहरुका संगठनहरुले विरोध जनाउन थालेका छन ।
सुनसरीमा रहेको संस्थागत विद्यालय सञ्चालनहरुका संगठन प्याव्सन , एन प्याव्सन र हिसान सुनसरीले समेत शैक्षिक संस्था बन्द लगायतका विरोधका कार्यक्रमहरु सार्वजनिक गरेका हुन ।
यही क्रममा इटहरी उपमहानगरपालिका नगरप्रमुख हेमकर्ण पौडेललाई विरोधका कार्यक्रम सहित सरकारले अघि सारेको विद्येयक फिर्ता लिनु पर्ने माग सहितका ज्ञापन पत्र प्याव्सन , एन प्याव्सन र हिसान सुनसरीले संयुक्त रुपमा वुझाएको छ ।
ज्ञापन पत्र वुझ्दै इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलले विद्यालय बन्द नगर्न सो क्रममा आग्रह गरेका छन । विद्यालय र बालबालिकालाई असुविधा हुने गरी बन्द जस्ता कार्यक्रम नगर्न प्रमुख पौडेलले सुझाव दिएका हुन ।
ज्ञापन पत्र वुझाउन प्याव्सन कोशीका उपाध्यक्ष सुमित थापा , सुनसरी बरिष्ठ उपाध्यक्ष थानेश्वर ढकाल लगायत उपमहानगरपालिका पुगेका थिए ।




















