इटहरी । माइती नेपाल परामर्श पुर्नस्थापन गृह इटहरीले ३४ औं समुह तालिमको प्रमाणपत्र  तथा ई रिक्सा वितरण कार्यक्रम सम्पन्न गरेको छ । 

 जोखिममा परेका युवती तथा महिलाहरुलाई आवश्यक सिप सिकाएर आत्मनिर्भर बनाउने उदेश्यले विभिन्न तालिमको आयोजना गर्दै आएको छ । 

यही क्रममा बुधबार एक कार्यक्रम गरि ३ जना महिलालाई इ–रिक्सा साथै सिलाई कटाई तालिमका ७ जना सहभागिहरुलाई प्रमाण पत्र वितरण गरेको छ । 

इ–रिक्साको तालिम प्राप्त गरेका समिता राई,गितादेवी धमला, र सावित्रा भट्टराई लाई कार्यक्रमकी प्रमुख  अतिथी इटहरी उपमहानगर पालिकाकी उपमेयर संगिता कुमारी चौधरी,र माइती नेपाल कोशी प्रदेशका कार्यक्रम अधिकृत गोविन्द घिमिरेले इ–रिक्साको चावी हस्तान्तरण गरेका थिए ।WhatsApp Image 2023-08-09 at 18.43.34

तिन महिने सिलाई कटाई तालिममा सहभागिहरुलाई डम्वर कुमारी श्रेष्ठले सहजिकरण गराएका थिए । 

माइती नेपालले उद्दार गरेर ल्याएका चेलिवेटीलाई विभिन्न समयमा जिवन उपयोगी सीप प्रदान गर्दैै ब्यसायिक बनाउदै आएको छ भने यो तिन वर्षमा १२ जना लाई सिटी सफारी साथै सिलाई मेसिनहरु वितरण गरिसकेको पनी माइती नेपाल इटहरी कार्यक्रम संयोजक सुनिता कार्कीले बताइन् ।WhatsApp Image 2023-08-09 at 18.59.13

वितरया कार्यक्रममा इटहरी वडा नम्बर २ का वडाध्यक्ष माधव कोइराला, नागरिक समाज इटहरीकी अध्यक्ष बालिका भट्टराई,माया घर नेपालकी अध्यक्ष सुभद्रा प्याकुरेल लगाएको सहभागिता रहेको थियो ।