इटहरी । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेसको २० औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । 

मंगलवार इटहरी उपमहानगरपालिकाको कार्यलय अगाडी रक्तदान कार्यक्रममा ७५ प्रिन्ट रगत संकलन भएको हो । 

एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भीसेसका प्रवन्ध निर्देशक कमल तिम्सीनाको अध्यक्षता तथा इटहरी उपमहानगर पालिका वडा नम्बर ९ का वडा अध्यक्ष जितेन्द्र थापाको प्रमुख आतिथ्यतामा आयोजित रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र धरानको प्राविधिक सहयोग रहेको थियो । 

रक्तदान कार्यक्रममा एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेसका विद्यार्थी,कर्मचारीहरुले रक्तदान गरेका थिए । 

डेंगी रोगका संक्रमितहरु बढीरहेको तर्फ मध्यनजर गर्दै सामाजिक कार्य गर्ने उद्धेश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको संस्थाका प्रबन्ध निर्देशक कमल तिम्सिनाले बताए   । WhatsApp Image 2023-08-08 at 18.15.36 (1)

इटहरीबाट सञ्चालित उक्त संस्थाले वैदेशिक अध्ययनका लागी जान चाहने विद्यार्थीहरुलाइ विगत २० वर्षदेखी शिक्षा परामर्श प्रदान गर्दै आइरहेको छ ।