इटहरी । शान्ति र सद्भावपूर्ण समाज निर्माणका लागि मिडियाको भूमिका विषयक एक दिवसिय कार्याशाला इटहरीमा सम्पन्न  भएको छ ।  

सामाजिक परिवर्तन केन्द्र नेपालले सोमबार होटल बरण्डामा आयोजना गरेको कार्याशालाको सहजीकरण वरिष्ठ पत्रकार सुविद गुरागाईं र शशी कोइरालाले सहजीकरण गरेका थिए । 

सुनसरीको विभिन्न स्थानका २० जना पत्रकारको सहभागिता रहेको सो कार्याशालामा द्वन्द्व संवेदनशील पत्रकारिताका उपायहरुबारे जानकारी गराएको थियो ।

 कार्याशालामा सहजीकरण गर्दै पत्रकार शशि कोइरालाले पत्रकारले पक्षधर लिन नहुने, तथ्यमा आधारित हुनुपर्ने, पत्रकारले उत्पादन गर्ने सामग्रीमा संन्तुलन कायम हुनुपने, समाजमा दबेर रहेका पक्षहरुलाई मिडियाको माध्यमबाट बाहिर ल्याउनुपर्ने बताएका थिए । 

उनले १० बर्षे जनयुद्धको प्रसंग उल्लेख गर्दै त्यसले समाजमा सकरात्मक परिवर्तन ल्याएको बताए । उनले भने त्यो शसस्त्र द्वन्द्व  पनि थियो, त्यसको अन्त्य सहमति, संवाद र समझदारीबाट भएको थियो ।WhatsApp Image 2023-08-07 at 16.21.58

त्यसैगरि, पत्रकार सुविद गुरागाईंले संवाद, समझदारी र शान्तिपूर्ण समाधान दिने गरी रिपोर्ट गर्नु पत्रकारको मूल दायित्व हो भने । उनले पनि द्वन्द्व संवेदनशील पत्रकारिता गर्दा निष्पक्ष र जिम्मेवार हुनु पर्ने बताए ।

 उनले द्वन्द्वको पृष्ठभूमिका पत्रकारिता गर्दा सनसनीपूर्ण र उत्तेजक भाषा पत्रकारले प्रयोग गर्न नहुने पनि बताए ।

त्यसैगरि, सहजकर्ता कल्पना राना मगरले  द्वन्द्वको विश्लेषण कसरी गर्ने भन्नेबारे पत्रकारलाई बताएकी थिइन् । उनले यसबारे विभिन्न विधिहरु पनि सिकाएकी थिइन् । WhatsApp Image 2023-08-07 at 16.21.55

त्यसैगरि अर्की सहजकर्ता कालेली नाइचाइले शान्तिपूर्ण समाज निर्माणमा आफूहरुले अभियान चलाइरहेको बताएकी थिइन् । 

सामाजिक परिवर्तन केन्द्र सुनसरी संयोजक रमेश भट्टराईले स्थानीय स्तरमा अन्तरक्रियात्मक कार्यशालाहरु, संवाद मार्फत विविध धार्मिक, सांस्कृतिक, जातीय, भौगोलिक र राजनीतिक पृष्ठभूमिका युवा र विद्यार्थीहरुबीचको सम्बन्ध सुदृढ गर्ने संस्थाको उद्देश्य रहेको बताए ।

 उनले विश्वासको वातावरण निर्माण, सामाजिक एकता पहलहरुमा युवाहरुको सक्रिय सहभागिता मार्फत जातिय, राजनितिक, धार्मिक र स्रोतमा आधारित द्वन्द्व र हिंसामा कमि ल्याउन आफूहरुले विभिन्न क्षेत्रमा काम गरिरहेको पनी जानकारी गराए ।