इटहरी । रोटरी क्लव अफ इटहरी र रोटरी क्लव अफ इटहरी युगलको संयुक्त कार्यक्रमका विच नयाँ कार्यसमितिको पदस्थापना सम्पन्न भएको छ ।
रोटरी क्लवका डिष्ट्रिक गर्भनर डिष्ट्रिक ३२सय बयानब्बेका राजेन्द्र प्रसाद धोजुको प्रमुख आतिथ्यमा रोटरी क्लव अफ इटहरीको २७औं र रोटरी क्लव अफ इटहरी युगलको दोस्रो पदस्थापना कार्यक्रम सम्पन्न भएको हो ।
पदस्थापना कार्यक्रममा रोटरी क्लव अफ इटहरीका निवर्तमान अध्यक्ष संयोज पराजुलीले वर्ष २०२४का अध्यक्ष माधव न्यौपानेलाई पद हस्तान्तरण गरेका छन् । त्यसै गरी रोटरी क्लव अफ इटहरी युगलका निवर्तमान अध्यक्ष विनोद पौडेलले वर्ष २०२४का अध्यक्ष राजिव घिमीरेलाई पद हस्तान्तरण गरेका छन् । पदस्थापना कार्यक्रममा विभिन्न कार्यक्रमका संयोजकहरु लगायतलाई सम्मान गरेको छ । कार्यक्रममा अतिथी वक्ताहरुले रोटरी क्लवले सामाजिक तथा विकासको क्षेत्रमा महत्वपुर्ण योगदान गर्दै आएको वताएक छन् ।
कार्यक्रममा वर्ष २०२३–२०२४ को रोटरी दर्पण र वेबसाईट समेत विमोचन गरिएको छ । सामाजिक स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउदै आएकी निर्मला बोहरालाई कार्यक्रमका बिच भोकेस्नल अवार्डद्धारा सम्मान गरिएको हो ।
सो कार्यक्रममा क्लवले वर्षभरी गरेका सामाजिक कार्यको प्रतिवेदन रोटरी रोटरी क्लव अफ इटहरीका सचिव चेतन धमला र रोटरी क्लव अफ इटहरी युगलकी सचिव दिक्षा कार्कीले प्रस्तुत गरेका थिए । कार्यक्रममा रोटरी क्लवका पुर्व अध्यक्षहरु राजेश श्रेष्ठ,अनन्त विष्ट ,लक्ष्मी धिताल,लक्ष्मी थेवे,अनिता अधिकारी,विजु श्रेष्ठ,सविना शोभा कोइराला लगायत विभिन्न संघ ,सस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।




















