सुन्दरहरैचा  । ट्राफिक व्यवस्थापनलाई सहज वनाउने उद्धेश्यले मोरगंको सुन्दरहरैचा नगरपालिकाको विराटचौकमा ट्राफिक सचेतना बोर्ड लगाइएको छ ।

   अव्यवस्थित रुपमा ट्राफिक व्यवस्थापन रहेको भन्दै जनगुनासो वढी रहेको समयमा इलाका प्रहरी कार्यालय विराटचोकको समन्वयमा ट्राफिक सचेतना बोर्ड राखिएको हो ।IMG-20230802-WA0036

सुन्दरहरैचा नगरपालिकाको मुख्यबजार क्षेत्र विराटचौकमा ट्राफिक व्यवस्थापनका लागि ग्राफिक हाउस विराटचौकले ट्राफिक सचेतना बोर्ड उपलव्ध गराएको हो । ग्राफिक हाउसका सञ्चालक सुमन कटुवाल, सुन्दरहरैचा नगरपालिका वडा नम्वर  १२ का वडाध्यक्ष रोशनप्रसाद ढकाल र ईन्द्रपुर खानेपानीका सचिव अर्जुन गजुरेलले आस्थायी ट्राफिक पोष्ट विराटचौक सचेतना बोर्ड हस्तान्तरण गरेका हुन । राजमार्गमा ट्राफिक व्यबस्थापनको समस्या रहेको भन्दै जनगुनासो वढी रहेको थियो ।