इटहरी । ट्राफिक नियमको पालनामा जोड दिदै इटहरी लेडि जेसिजले ट्राफिक क्वीज कार्यक्रम आयोजना गरेको छ ।
पैदल यात्री तथा चालकहरुलाई ट्राफिक नियम सम्वन्धित विभिन्न प्रश्नहरु समावेश गरेर ट्राफिक क्वीज कार्यक्रम सञ्चालन गरिएको हो ।
इटहरी लेडि जेसिजकी अध्यक्ष सुमित्रा भट्टराईको अध्यक्षतामा भएको ट्राफिक क्वीज कार्यक्रममा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रहरी सहायक निरीक्षक सुभाष खड्का इटहरी उपमहानगरपालिका वडा नम्बर ६का कार्य वाहक वडाध्यक्ष दिनेश प्रधान लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।
इटहरी लेडि जेसिजले समय समयमा विभिन्न किसिमको कार्यक्रम आयोजना गर्ने भएपनि ट्राफिक नियम पालनाका लागि पैदल यात्री र चालकहरुलाई अझ सचेत वनाउन कार्यक्रमको आयोजना गरिएको अध्यक्ष भट्टराईले वताए । ट्राफिक क्वीजमा ट्राफिक नियम सम्वन्धि प्रश्नहरु समावेश गरिएका थिए ।
सही जवाफ दिनेहरुलाई कस्मेटिक सामाग्री प्रधान गरिएको थियो । पुष्पा अधिकारी लुइटेलको संयोजकत्वमा भएको ट्राफिक क्वीज कार्यक्रममा इटहरी लेडि जेसिजका पुर्व अध्यक्षहरु जानुका भट्टराई , मिनु न्यौपाने , अम्बिका श्रेष्ठ समेतको उपस्थिती रहेको थियो ।




















