रोटरी क्लब अफ धरान, फुटहिल्स र रोट्रयाक्ट क्लव अफ धरानको संयुक्त रुपमा पद स्थापना कार्यक्रम सम्पन्न भएको छ ।
विभिन्न सामाजिक कार्य गर्दै आएका रोटरी क्लव अफ धरान , रोटरी क्लव अफ फुटहिल्स र रोट्रयाक्ट क्लव अफ धरानको संयुक्त रुपमा पदस्थापन कार्यक्रम सम्पन्न गरेका हुन् । वृक्षारोपण, बाढी पीडित, आगलागी पीडितहरुलाई सहयोग पुयाउदै विभिन्न सामाजिक कार्यमा यि संस्थाहरु सक्रिय रहदै आएको वताउदै नयाँ कार्य समितिको पदस्थापना संयुक्त कार्यक्रमको आयोजना गरेर गरिएको कल्बका प्रचार प्रसार विभागका प्रमुख रोहितमान सिंह बस्नेतले जानकारी दिए । पद स्थापना कार्यक्रमको अवसरमा स्वास्थ्यका क्षेत्रमा सक्रिय भएर सामाजिक सेवामा महत्वपुर्ण योगदान पुर्याएको भन्दै मुटुरोग विशेषज्ञ डा. प्रशान्त साहलाई सम्मान गरिएको हो । डा. साहले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत हुदा र अहिले न्युरो अस्पतालमा कार्यरत रहेपनि धरानमा आएर १५÷१५ दिनमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्दै आएको तर्फ मध्यनजर गर्दै उनलाई सम्मान गरिएको जानकारी गराईयो । कार्यक्रम रोटरियन जोन कोअर्डिनेटर बासुदेव गोल्यानको प्रमुख अतिथ्यमा भएको थियो ।
कार्यक्रमको अध्यक्षता धरान रोटरी क्लब अध्यक्ष शिवनन्द साह रोटरी क्लब अफफुट हिमल्सका अध्यक्ष प्रा.डा.रीता खडका र रोट्रयाक्ट अफ धरानका तर्पmबाट रोजी श्रेष्ठले संयुक्तरुपमा गरेका थिए । कार्यक्रममा असिस्टेन्ट गभरनर रोटरियनहरु बिजु बैनी श्रेष्ठ , राजेन्द्र गुरुंग , सुलेखा जोसी ,सवनयलाल श्रेष्ठ ,अन्जु प्रधान लगायतको अतिथीहरुको उपस्थिति रहेको थियो ।




















