ताप्लेजुङ ।  ताप्लेजुङं र पाँचथरका पहिरो पिडितहरुलाई इसाई समाज कोशी प्रदेशले एनसीआरएस को सहकार्यमा फाइवर सिरक वितरण गरेको छ ।

   क्विक रेष्क्यु टिमका स्यमसेवकहरुको सहयोगमा ताप्लेजुङको सिदिङवा गाउँपालिका र पाँचथरको फालेलुङ गाउँपालिका क्षेत्रका पहिरो पिडितहरुलाई राहत स्वरुप फाइवर सिरक वितरण गरिएको हो ।WhatsApp Image 2023-07-29 at 17.46.43

   इसाई समाज कोशी प्रदेशका अध्यक्ष विक्रम वर्णवासले ताप्लेजुङको सिदिङवाका एक सय ७४ वटा र पाँचथरको फालेलुगंका एक सय ४५ वटा फाईवर सिरक वितरण गरिएको जानकारी दिए । उनले जनप्रतिनिधिहरुको उपस्थितीमा दुवै स्थानमा सिरक वितरण गरिएको समेत वताए ।

   इसाई समाजका साथै विभिन्न संघसंस्थाहरुले ताप्लेजुगं ,पाँचथर,संखुवासभा लगायतका ठाउँहरुमा विपदमा परेकाहरुलाई खाद्यन्न तथा टहरा बनाएर सहयोग गर्दै आएको थियो । 


((