इटहरी । सर्पदंशका विरामीलाई स्वास्थ्य संस्थामा लैजान ढिलो गर्नु नहुनेमा जोड दिदै इटहरी उपमहानगरपालिका वडा नम्बर १मा सर्पदंश सम्वन्धी  जनचेतना अभिवृद्धि कार्यक्रम आयोजना गरिएको छ ।

   सामुदायिक सर्पदंश उपचार सेवा केन्द्र इटहरीले आयोजना गरेको सर्पदंश सम्वन्धी जनचेतना अभिवृद्धि  कार्यक्रममा सर्पले टोकेपछि घरेलु उपचार तथा झारफुकका नाम स्वास्थ्य संस्था लैजान ढिलो गर्नु नहुनेमा जोड दिएको हो ।

   विषालु सर्पले टोकेको अवस्थामा विरामीलाई समयमै सर्पदंशको उपचार हुने स्वास्थ्य संस्थामा नलगिए मृत्यु समेत हुने गरेको सर्पदंश सम्वन्धी जनचेतना अभिवृद्धि कार्यक्रमका सहजकर्ता पूर्वाञ्चल विश्वविद्यालयका उपप्राध्यापकद्धय सरिता खतिवडा र दिक्षा पौडेलले वताए । 

उनीहरुले सर्पहरु विषालु र अविषालु हुने हुदाँ विषालु सर्पको टेकाइको समयमा उपचार नभएर विरामीको ज्यान जाने तर्फ मध्यनजर गर्दै समयमै सर्पले टोकेको उपचार हुने स्वास्थ्य संस्थामा लैजानु पर्ने सहभागीहरुलाई जानकारी गराए ।WhatsApp Image 2023-07-30 at 18.00.16

गर्मीयाममा सर्प प्रभावित मानिसहरुको संख्या बढी हुने गरेको तर्फ मध्यनजर गर्दै  सर्पदंशबाट बच्ने साथै सर्पदंश उपचार केन्द्रमा लैजाने लगायतका विषयमा समेत उनीहरुले सहजिकरण गरेका थिए ।

   सामुदायिक सर्पदंश उपचार केन्द्र इटहरीका उपाध्यक्ष राजु थापाको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका वडा नम्वर १का वडाध्यक्ष रतन कार्कीको प्रमुख आतिथ्य रहेको जनचेतना अभिवृद्धि कार्यक्रम भएको थियो  ।WhatsApp Image 2023-07-30 at 18.00.26

सामुदायिक सर्पदंश उपचार केन्द्र इटहरीका उपाध्यक्ष थापाले सर्पले टोके पैसा खोज्नका लागि समयमा नफाली केन्द्रमा ल्याउन आग्रह गरे । उनले पैसा नभएकाहरुलाई समेत केन्द्रले उपचारमा सहयोग गर्ने जानकारी गराए । कार्यक्रममा इटहरी वडा नम्बर १मा रहेका विभिन्न टोल विकास संस्थाका प्रतिनिधि ,स्थानीयवासीको सहभागिता रहेको थियो  ।WhatsApp Image 2023-07-30 at 18.00.28

नारी सृजना कुञ्ज नेपाल र इटहरी उपमहानगरपालिका वडा नम्बर १को सहआयोजना रहेको सो कार्यक्रममा नेपाली सेनाको कृष्णदल गणका निमित्त गणपति मेजर रुपेश चापागाँई , सामुदायिक सर्पदंश उपचार केन्द्र इटहरीका कोषाध्यक्ष उदय सुब्बा, नारी सृजना कुञ्ज नेपालकी अध्यक्ष प्रतिक्षा अधिकारी , सचिव सृजना अधिकारी इटहरी उपमहानगरपालिका वडा नम्बर १का सचिव सुरेश कार्की  लगायतका अतिथीहरुको उपस्थित  रहेको थियो ।