इटहरी । डेंगु संक्रमण दिनप्रतिदिन बढी रहेको समयमा डेंगु नफैलियोस भनेर बुल्स एलेभेन क्लव इटहरीले सरसफाई र सहित लामखुट्टे नियन्त्रणका लागि स्प्रे गर्ने काम सुरु गरेको छ ।
सरसफाई तथा वृक्षारोपण क्षेत्रमा इटहरीमा महत्वपुर्ण योगदान गर्दै आएको बुल्स ऐलेभेन क्वले इटहरीको त्रिवेणी चोक देखि संगित चोक सम्मको क्षेत्रमा सरसफाई सहित स्प्रे गरेको हो ।
डेंगु संक्रमण छिमेकी पालिका धरानमा भयाभय रुपमा फैलिरहेको र इटहरीमा समेत संक्रमण बढी रहेको तर्फ मध्यनजर गर्दै लामखुट्टे नष्ट गर्ने कार्य अन्तरगत सरसफाई सहित डिजल , मट्टीतेल लगायतको संमिश्रण गरेर नाला तथा पानी जमेको ठाउँहरुमा स्पे्र गरेको क्लवका उपाध्यक्ष रामु राईले जानकारी दिए ।
डेंगु संक्रमण अध्याधिक रुपमा बढी रहेको र धरानमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि आउने विरामीहरुको संख्या अधिक भएपछि प्रतिष्ठानले छुट्टै डेंगु वार्ड सञ्चालनमा ल्याइसकेको छ । इटहरीमा समेत डेंगुका संक्रमण वढी रहेको छ । डेंगु एडिज प्रजातिको लामखुट्टे फैलाउने भएका कारण सरसफाई र पानी जमेका ठाउँहरुका लामखुट्टीका लागि विषादी छर्ने कार्य गरिने गरेको छ ।




















