धनकुटा । स्वर्गीय हरिराज खेवाको ७ औं स्मृती दिवसमा जेहेनदार विद्यार्थी प्रोत्साहन तथा वृक्षारोपण कार्यक्रम गरी धनकुटामा सम्पन्न भएको छ ।
हरिराज खेवा स्मृति प्रतिष्ठान धनकुटाको आयोजनामा छथरजोरपाटी गाउँपालिका वडा नम्वर १ हातिखर्क स्थित हरिराज खेवाले अध्यापन गराएको जनकल्याण प्राथमिक विद्यालयका जेहेनदार विद्यार्थीहरुलाई प्रोत्साहन गर्दै विद्यालय परिसरमा वृक्षारोपण गरी स्मृति दिवस मनाईएको हो ।
खेवाको सात बर्ष अगाडि श्रावण १३ गते मारेककटहरे समवेदना दिएर फर्कने क्रममा छथर जोरपाटी गाउँपालिका स्थित सिधुवमा वस दुर्घटनामा परि निधन भएको थियो ।
उहाँको स्मृतिमा प्रत्येक बर्ष विभिन्न कार्यक्रम गरिदै आएको छ । 
स्वर्गिय खेवाकि धर्मपत्नि छथरजोरपाटी गाउँपालिका उपाध्यक्ष गिता गुरूङ्ग खेवाले आफ्नो स्वर्गिय पतिको सम्झनामा २०७५ सालमा अक्षयकोष स्थनपना गरेर अक्षयकोषको ब्याजबाट आउने रकम बाट जेहेन्दार विध्यार्थीहरूलाई पुरस्कृत गरिदै आएको छ ।
खेवाको ७ औं स्मृती दिवसको अवसरमा कक्षा १ देखि ५ कक्षा सम्म अध्ययरत पहिलो दोस्रो र तेस्रो हुने बिध्यार्थीलाई नगद पुरस्कार सहित प्रोत्साहन गरिएको छ भने धुपि, कल्की लगायतका सौन्दर्यकरणका लागी विद्यालय परिसरमा बिरूवा रोपेर शोकलाई शक्तिमा परिणत गर्दै स्मृति दिवस मनाइएको हो ।
दिवसको अवसर पारेर विद्यालयका शिक्षक, बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै शुद्द पिउने पानिको व्यावस्थापनका लागि पानिको जार सहित फिल्टर प्रदान गरेको छ ।
उक्त विद्यालयमा हाल ६० जना बालबालिका अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक सोम प्रसाद अधिकारीले जानकारी दिए ।
छथरजोरपाटी गाउँपालिका उपाध्यक्ष एवं प्रतिष्ठानका संरक्षक गीता गुरूङ्ग खेवाको प्रमुख आतिथ्यतामा सम्पन्न स्मृति दिवसमा महासचिव कविता कनदग्वा, शिक्षक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो । 
, विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, प्रतिष्ठानका उपाध्यक्ष द्वयलगायतको उपस्थिति रहेको थियो ।




















