धनकुटा । विभिन्न कार्यक्रमका साथ श्री नम्वर २ बाहिनी अड्डा हिले ब्यारेक धनकुटाको ७२ औं बार्षिकोत्सव सम्पन्न भएको छ । 

पुर्वी पृतना हेडक्वाटर ईटहरीका पृतनापति उपरथी आश बहादुर तामाङ्ग पिएच.डीको प्रमुख आतिथ्यतामा सम्पन्न बार्षिक उत्सवको अवसर पारेर यस बाहिनी अड्डा अन्तरगतका 

भैरव गण मोरङ्ग, केवलजङ्ग गुल्म, नयाँ भैरवीदल गुल्म संखुवासभा, दुर्गादल गुल्म कोशी टप्पुका गणपती तथा गुल्मपतिहरु लाई कदरपत्र र मायाको चिनो प्रदान सहित विदाई गरिएको थियो ।

नागरिक शैनिक सम्बन्ध प्रगाढ बनाउन बाहिनी र बाहिनी अर्नतरगतका युनिटहरू लागिपरिरहेको उत्तरमा किमाथान्का देखि दक्षिणमा जोगमनि सम्म यश प्रकारको गतिविधिमा अब्बल सावित गर्नु चुनौतीपुर्ण रहेर पनि नेपाली सेनाले अव्वल सावित गरेर काम गर्दै आएको प्रमुखथ अतिथि पृतनापति उपरथी आश बहादुर तामाङ्ग पिएच.डीले उद्घाघाटनका क्रममा बताउनुभयो । vlcsnap-2023-07-29-18h01m12s449युनिटरुबाट विदाई भई जाने युनिटपतिहरुलाई सम्झना स्वरुप उपहार तथा मोमेण्टो वितरण गरिएको छ । भने बर्ष जवानलाई पुरस्कार वितरण गरिएको छ । 

उक्त अवसरमा विभिन्न जातजातीको भेषभुसा झल्कने राष्ट्रिय, मारुनी, आधुनिक, लोक नृत्य, तामाङ्ग सेलो, कौडा नृत्य लगायतका प्रर्दशनी गरिएको थियो । vlcsnap-2023-07-29-18h00m40s095

आफु जलेर बत्ति अरूलाई उजल्याउछ भन्ने आर्दश वाक्यलाई आत्मसाथ गर्दै गौरवमय ईतिहास बोकेको यस बाहिनी अड्डा मिति २००८ साल श्रावण ७  गते तत्कालिन बृगेडियर जनरल श्री बलदेव शम्शेर जबराको कमाण्डमा  ११६ को नफ्रीमा यस बाहिनी अड्डा खडा भई शुरूमा मोरङ्ग जिल्लाको बिराटनगर स्थित जोगवनी कटन मिल्सको गेस्ट हाउसमा तैनाथ भएको थियो । vlcsnap-2023-07-29-17h59m56s365

बि.सं. २०२१ सालमा बिराटनगर स्थित हिमालय जुट प्रेश, बिस २०३९ सालमा धरान स्थित फुस्रे क्याम्प, बि.सं. २०४१ सालमा धनकुटा स्थित सल्लेरी ब्यारेक, २०४३ सालमा धनकुटाको हिले ब्यारेक र ३+१ कमाण्ड अवधारणाको सांगेठानिक संरचना अनुसार बि.सं. २०७८ सालमा श्रावण १ गतेबाट ईटहरी ब्यारेक सुनसरीमा तैनाथ रहेको साथै बि.सं. २०७९ आश्विन ५ गतेदेखि पुन यस बाहिनी अड हिले ब्यारेकमा तैनाथ रही कोशी प्रदेश अन्तर्गतका ६ वटा जिल्ला (मोरङ्ग, सुनसरी, धनकुटा, तेहरथुम, भोजपुर र संखुवासभा) हरूमा आफुलाई सुम्पिएका जिम्मेबारी तथा कार्यहरू सफलता पुर्वक उच्च स्तरबाट सम्पादन गर्दैआईरहेको बार्षिकोत्सवको अवसरमा बोल्नुुहुदै श्री नम्वर २ बाहिनी अड्डा हिले ब्यारेकका बाहिनीपति सहायक रथी श्री महेश कुमार थापाले स्वागत मनतब्यका क्रममा जानककारी दिनु भयो । 

 उक्त कार्यक्रममा जिल्ला स्थित गैह्सरकारी तथा सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिरुको उपस्थिति रहेको थियो ।