इटहरी । स्वागत टोल विकास संस्थाको १८औं स्थापना दिवसको अवसरमा पत्रकारिताका माध्यमबाट सामाजमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै सप्तकोशी टेलिभिजनकी सञ्चालक तथा समाचार संयोजक रञ्जना पौडेललाई पदम पवित्रा पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको छ । 

   सञ्चारकर्मी दुर्गाबहादुर विष्टले स्थापना गरेको पदम पवित्रा अक्षयकोष स्थापना गरेर विभिन्न क्षेत्रमा योगदान गर्नेलाई टोल विकास मार्फत पुरस्कृत गर्दै आएको छ । 

 इटहरी उपमहानगरपालिका वडा नम्बर ६मा रहेको  स्वागत टोल विकास संस्थाको १८औं स्थापना दिवसको अवसर पारेर समाचार संयोजक पौडेल सहित तीन जना पत्रकारहरुलाई सम्मान गरिएको हो ।

    पदम पवित्रा अक्षय कोषबाट प्रदान गरिएको पत्रकारिता पुरस्कारबाट सम्मानित हुने पौडेल सहित पुर्वी हटलाइन दैनिकका कार्यकारी सम्पादक राजन केडी र ग्यालेक्सी फोकेका प्रकास तिम्सिनालाई कार्यक्रमका प्रमुख अतिथी इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलले जनही १५हजार १रुपौया सहित प्रमाण पत्रले सम्मान गरेका थिए ।WhatsApp Image 2023-07-28 at 15.52.57

 पत्रकारिता पुरस्कारका साथै मातापितालाई राम्रो स्याहार गर्ने मोहन प्रसाद गुरागाई , श्रीमती कमला गुरागाई र जमुना खुलाललाई नगद १०हजार ५ रुपैया सहित प्रमाण पत्रले सम्मान गरियो । त्यसै गरी स्वागत टोल विकास संस्थाले उत्कृष्ट नजिता ल्याएर एसइइ गर्ने टोल विकासका सदस्यका सन्तती, दलित प्रोत्साहन , उत्कृष्ट खेलाडी , उत्कृष्ट सञ्चालक , अपागं सम्मान लगायतका सम्मान गर्दै आएको छ । यस वर्ष आफनै टोलकी वासिन्दा मिना श्रेष्ठ प्रदेश सभा सदस्य बन्न सफल भएकाले उनलाई समेत सम्मान गरियो । कार्यक्रममा अध्यक्ष भद् थापा मगरले बार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदन कोषाध्यक्ष कमला पोखरेलले प्रस्तुत गरेका थिए।WhatsApp Image 2023-07-28 at 19.03.02

  कार्यक्रमका प्रमुख अतिथी नगरप्रमुख पौडेलले टोल विकासहरुको सक्रियताले विकास निर्माणका काममा स्थानीय सरकारलाई घच्घचाउने काम हुदै आएको भन्दै टोल विकासलाई स्थानीय सरकारले विकास निर्माणका काममा जोडेर सहयोग गर्ने समेत वताए ।

चण्डिका निरौलाको संयोजकत्वमा स्वागत टोल विकासको १८औ स्थापना दिवस मनाइएको हो । WhatsApp Image 2023-07-28 at 19.03.02 (1)स्वागत टोल विकास संस्था आफनै भवनमा रहेको आफनो टोल को विकासका लागि विभिन्न गतिविधिहरु सञ्चालन गर्दै आएको छ । कार्यक्रममा नागरिक समाज इटहरीकी अध्यक्ष बालिका खड्का , जिल्ला सहकारी संघ सुनसरीका अध्यक्ष गंगाप्रसाद दाहाल , छिमेकी टोल विकास संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।