धनकुटा । विद्यार्थीहरुलाई जिवनोपयोगि सिप सिकाउने उद्धेश्य अनुरुप धनकुटा स्थित निजामति आवासिय विद्यालयमा सिनियर विद्यार्थीहरुलाई आधरभुत तहको केस काट्ने सिप मुलक तालिम दिन शुरु गरिएको छ ।
विद्यार्थीरुले विद्यार्थीहरुलाई नै सिप सिकाउन तालिमको आयोजना गरिएको हो ।
जान्ने विद्यार्थीहरुले नजान्ने विद्यार्थीहरुलाई केस काट्ने सिप सिकाउने मोडलमा तयार पारिएको तालिम विद्यालयमा प्रत्येक शुक्रबार निरन्तर सञ्चालन हुने निजामति आवासिय विद्यालयका प्रधानाध्यापक सुरेस काफ्लेले जानकारी दिनुभयो ।
उहाँका अनुसार विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले अव केस काट्न बाहिर हजमको जानु नपर्ने र पैसा पनि बचत हुने छ ।
उक्त सिप सिकेर विद्यार्थीहरुले विद्यालयमा शुल्क नतिरी निःशुल्क केस काट्ने अवसर समेत पाउने भएकोमा विद्यार्थीहरुमा खुसि छाएको छ ।
निजामती आवासिय विद्यालयको आयोजनामा विद्यालयको लगानीमा शुरु गरिएको तालिममा विद्यालयका शिक्षक प्रशिक्षक मिङ्कु ठाकुरले शहजिकरण गर्नुभएको थियो । उक्त तालिममा कक्षा नौ र दशमा अध्ययनरत छात्रहरुको उपस्थिति रहेको थियो ।
यसैगरि कक्षा नौ र दशमा अध्ययनरत छात्राहरुलाई भने भान्साकोठाको सरसफाई र खाना बनाउने सिप सिकाईएको विद्यालयले जनाएको छ ।




















