धनकुटा  । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले गरिबी निवारणका लागि लद्यु उद्यम विकास कार्यक्रमको दोस्रो चरण अन्र्तगत तालिम लिएका उद्यमीहरुलाई स्तरोन्नति तर्फ प्रविधि हस्तान्तरण गरेको छ ।

पालिकाको वडा न ४ मा संचालित तालिम लिएका १४ जना सहभागि मध्ये ७ जनालाई च्यापकटर र तारजालीलगायतको प्रविधि हस्तान्तरण गरेको हो ।

छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र बहादुर सुब्बाको प्रमुख आतिथ्यता एवं वडा न ४ का अध्यक्ष टेक बहादुर तामाङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रमको अवसरमा बोल्नुहुदै सुब्बाले यूवाहरुलाई व्यावसायीक बनाउँन बजेट बृद्धि, रोजगारीमा जोड्ने आर्थिक उपार्जन हुने किसिमका कार्यक्रम र तालिमलाई आगामी दिनमा समेत सञ्चालन गर्ने प्रतिबद्धता जनाउनु भयो ।IMG-1594

कार्यक्रममा मेड्पा कार्यक्रमका फोकल पर्सन तथा छथर जोरपाटी गाउँपालिकाका प्रशासन प्रमुख नेत्र बहादुर श्रेष्ठ, उद्यमी व्यावसायी तथा विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधी लगायतको उपस्थिती रेहको थियो ।