धरानका मेयर हर्क साम्पाङलाई निजी जग्गामा वृक्षरोपण नगर्न उच्च अदालतको आदेश, मेयर हर्क सम्पाङ लाई निजि जग्गामा वृक्षरोपण नगर्न र नगराउन  उच्च अदालत विराटनगरले आदेश दिइएको छ।

धरानका पुर्व वडध्यक्ष रोशन अधिकारिकी श्रीमती रोजिनाले दायर गरेको रिट सुनुवाइ गर्दै अदालतका न्यायाधीश मिलन कुमार राइले   अनधिकृत प्रवेश गर्ने र वृक्षरोपण गर्ने काम लाई रोक्न आदेश दिएका छन। निबेदकको नाम मा दर्ता भएको जग्गा को मुद्दा  टुङो नलागेसम्म अनधिकृतरुपमा प्रवेश गर्ने , वृक्षरोपण गर्ने गराउने कार्य नगर्नु भनी अन्तिम आदेश जारी गरिएको हो।

मेयर साम्पाङले गत शनिबार छोटी मोरङ डाडामा वृक्षरोपण गर्दा निवेदकको नाममा भएको जग्गामा वृक्षरोपण गरेपछी विवाद समेत भएको थियो। त्यसपछी  अधिकारिले उच्च अदालतमा रिट दायर गरेकी थिइन।