इटहरी ।   विषालु सर्पले टोकेका विरामीको समयमै उपचार नभए मृत्यु समेत हुने तर्फ मध्यनजर गर्दै उपचारका लागि स्वास्थ्य संस्थामा लैजानु पर्नेमा जोड दिदै सामुदायिक सर्पदंश उपचार केन्द्र इटहरीले इटहरीको वडा नम्बर १५ र १६मा संयुक्त रुपमा जनचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

सर्पदंशका विरामीलाई सर्पदंशको उपचार हुने स्वास्थ्य केन्द्रमा समयमै लैजानु पर्ने विषय केन्द्रित सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको सामुदायिक सर्पदंश उपचार केन्द्र इटहरीले इटहरी उपमहानगरपालिका वडा नम्बर १५ र १६मा संयुक्त रुपमा सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको हो ।

 सामुदायिक सर्पदंश उपचार केन्द्रका कार्यवाहक अध्यक्ष राजु थापाको अध्यक्षता तथा वडा नम्वर १५ र वडा नम्बर १६का वडाध्यक्षहरु जय नारायण चौधरी र तेज नारायण चौधरीको  संयुक्त रुपमा प्रमुख आथित्यता रहेको थियो । WhatsApp Image 2023-07-27 at 19.07.59सचेतना कार्यक्रममा  गर्मीयाममा सर्प प्रभावित मानिसहरुको संख्या बढी हुने गरेको तर्फ मध्यनजर गर्दै  सर्पदंशबाट बच्ने , सर्पले टोके प्राथमिक उपचार गर्ने , साथै सर्पदंश उपचार केन्द्रहरुलाई लैजाने लगायतका विषयमा पूर्वाञ्चल विश्वविद्यालयका उपप्राध्यापकद्धय सरिता खतिवडा र दिक्षा पौडेलले सचेतना मुलक  सहजिकरण गरेका थिए ।WhatsApp Image 2023-07-27 at 19.07.48

  नारी सृजना कुञ्ज नेपाल र इटहरी उपमहानगरपालिका वडा नम्बर १५ र १६को  सहआयोजना रहेको  सचेतना कार्यक्रमका  नेपाली सेनाका कृष्ण दल गणका गणपति प्रमुख सेनानी  अमित लामा , सामुदायिक सर्पदंश उपचार केन्द्का सचिव सचिन पोखरेल ,कोषाध्यक्ष उदय सुब्बा , नारी सृजना कुञ्ज नेपालकी अध्यक्ष प्रतिक्षा अधिकारी र सचिव सृजना अधिकारी लगायतका अतिथीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा  स्वमसेवीका , स्थानीय समाजसेवी , लगायतको  सहभागिता रहेको थियो ।  


((