इटहरी । योग ,ध्यान र सकारात्मक सोचले सकारात्मक जीवन शैली अपनाउन सकिने तर्फ  मध्यनजर नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटर इटहरीमा उत्प्रेरणा कार्यक्रम आयोजना गरिएको छ ।

  ब्रह्माकुमारी राजयोग सेवा केन्द्र इटहरीले पूर्वी पृतना हेडक्वाटर इटहरीमा सकारात्म जीवन शैली विषयक उत्प्रेरणा कार्यक्रम आयोजना गरेको हो ।

   पूर्वी पृतना हेडक्वाटरका पृतनापति डा. आसबहादुर तामाङको नेतृत्वमा सहभागी नेपाली सेनाका विभिन्न दर्जामा रहेकाहरुलाई उत्प्रेरक ब्रह्माकुुमार विजयराज सिग्देलले उत्प्रेरणा सम्वन्धी सहजिकरण गरेका थिए ।363390903_1717224935411222_2827696158447991610_n त्यसै गरी ब्रह्माकुमारी राजयोग सेवा केन्द्र इटहरीकी सञ्चालिका शारदा सिटौलाले राजयोग सहित ध्यानका विषयमा सहजिकरण गरेकी थिइन ।

    योग ,ध्यान र सकारात्मक सोच लगायतका विषयवस्तु केन्द्रित भएर ब्रह्माकुमारी राजयोग सेवा केन्द्र इटहरीले विभिन्न पेशा ,व्यवसाय , समुदायका मानिसहरुलाई सहभागिता गराएर सेवा केन्द्रमा नै उत्प्रेरणादायक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।363418045_1717224875411228_2616501680804222093_n