इटहरी । कृषि अनुसन्धान निर्देशनालय कोशी प्रदेश तरहरा अन्र्तगत रहेका कृषि केन्द्र तथा कार्यक्रमहरुको चौथो त्रैमासिक तथा वार्षिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
कृषिमा नयाँ जात र प्रविधिका क्षेत्रमा अनुसन्धान गर्दै आएको कृषि अनुसन्धान निर्देशनालय तरहरा अन्र्तगत रहेका कृषि केन्द्र तथा कार्यक्रमहरुले गर्दै आएको अनुसन्धान , प्रगति लगायतका विषय केन्द्रीत समिक्षा गरिएको हो ।
कृषि अनुसन्धान निर्देशनालय कोशी प्रदेस निर्देशक केवशप्रसाद श्रेष्ठको अध्यक्षता तथा उद्योग ,कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेशका सचिव डा.लेखराज पौडेलको प्रमुख आतिथ्यमा समिक्षा कार्यक्रम सम्पन्न भएकोे थियो ।
समिक्षा कार्यक्रममा बार्षिक प्रगति विवरणका विषयमा निर्देशनालय अन्तर्गत रहेका कृषि केन्द्र र कार्यक्रमका तर्फबाट प्रस्तुति समावेश गरिएको थियो ।
कृषि अनुसन्धान निर्देशनालय कोशी प्रदेशको कृषि बैज्ञानिक मनिष कुमार ठाकुरले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कृषि अनुसन्धान केन्द्र पाख्रिवास , राष्ट्रिय अनुसन्धान केन्द्र पाख्रिवास, राष्ट्रिय व्यवसायिक बालि अनुसन्धान कार्यक्रम ,राष्ट्रिय सुन्तला बालि अनुसन्धान कार्यक्रम , जुट अनुसन्धान कार्यक्रम ,कृषि अनुसन्धान केन्द्र जौबारी , राष्ट्रिय भैसी अनुसन्धान कार्यक्रम, राष्ट्रिय बंगुर अनुसन्धान कार्यक्रम लगायतले आफुहरुले गरेका अनुसन्धान तथा प्रगतिका विषयमा प्रस्तुति गरेका थिए ।
कृषिसंग जोडिने बाली ,बागवानी , पशुपँक्षी , घाँसवाली, माछा लगायतका क्षेत्रमा नस्ल ,दाना पानी , रोग आदिलाई प्रामिकतामा राखेर वढी उत्पादन लिन सकिने गरी राष्ट्रिय कृषि अनुसन्धान परिषद नार्कले अन्तरगत रहेको अनुसन्धान गरिदै आएको निर्देशनालय प्रमुख श्रेष्ठले जानकारी गराए ।
समिक्षा कार्यक्रममा नेपाल कृषि अनुसन्धान परिषद नार्कका निर्देशक नविन प्रकास पौडेल , पशु तथा मत्स्य विकास निर्देशनालय कोशी प्रदेशका निर्देशक डा. पशुपति ढुंगाना , कृषि विकास निर्देशनालय कोशी प्रदेशका निर्देशक प्रकास कुमार डाँगी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कोशी प्रदेशका संयोजक मनोज यादव लगायतका अतिथीहरुको उस्थिती रहेको थियो ।
त्यसै गरी कृषि अनुसन्धान निर्देशनालय कोशी प्रदेश अन्र्तगत रहेका कृषि अनुसन्धान केन्द्र तथा कार्यक्रमहरुका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।




















