इटहरी । साहित्यिक क्षेत्रमा उल्लेखनीय भुमिका र योगदान गरेको भन्दै आदिकवि भानुभक्त आचार्यको २१०औं जन्मजयन्तीको अवसर पारेर इटहरी साहित्यिक समुहले छन्द कवि मुक्तिनाथ पोखरेलाई सम्मान गरेको छ ।

   इटहरीका कवि पोखरेललाई इटहरी साहित्यिक समुहले नगद १५हजार सहित इटहरी काव्य पुरस्कारबाट सम्मान गरेको हो । सम्मानीयत पोखरेललाई कार्यक्रमका प्रमुख अतिथी प्रा.डा.बद्रीविशाल पोखरेल ,प्रमुख वक्ता डा. रामजी तिम्सिना , समुहका अध्यक्ष हेमन्त गौतम लगायतले सम्मान गरेका हुन ।WhatsApp Image 2023-07-14 at 17.45.44

   आदिकवि भानुभक्त आर्चायका जन्म जयन्तीका अवसरमा आयोजना गरिएको सम्मान सहितको साहित्यिक कार्यक्रममा प्रमुख वक्ता डा.रामजी तिम्सिना लगायतले आदिकविका व्यक्तित्व र कृतित्वका विषयमा चर्चा गरेका थिए । WhatsApp Image 2023-07-14 at 17.45.43 (1)कार्यक्रममा कवि प्रलाह्द पहरेदार , इटहरी साहित्यिक समुहका पुर्व अध्यक्ष कृष्ण विनोद लम्साल , इटहरी साहित्यिक समुहका सचिव जगदिस सापकोटा लगायतले आदिकविको चर्चा सहित कविता वाचन गरेर आदिकविलाई स्मरण गरे । कार्यक्रममा इटहरीका साहित्यिक पारखीहरुको उल्लेखनीय सहभागिता रहेको थियो । 


((