सरह बजार तथा सडक किनारामा रहेका अव्यवस्थित  रुखहरुका कारण दुर्घटनाको जोखिम हुने तर्फ मध्यनजर गर्दै धरानमा बजार क्षेत्रमा रहेका ठुला रुखहरुको हाँगा छाट्ने कार्य सुरु गरिएको छ । व्यस्त बजार क्षेत्रमा रहेका ठुला तथा बुढा रुखहरुले दुर्घटनाको जोखिम बढाउने तर्फ मध्यनजर गर्दै धरान उपमहानगरपालिका वडा नम्बर १ मा प्रविधिको प्रयोग गरी रुखका हाँगा छाट्ने काम गरिएको हो । सहर बजार क्षेत्रमा रहेको रुखहरु हावाहुरीका समयमा भाँचिएर दुर्घटना हुने गरेको तर्फ मध्यनजर गरेर हाँगा छाट्ने काम गरिनु राम्रो कुरा भएको स्थानीय चन्द्रप्रसाद श्रेष्ठ वताउछन । उनले रुख विरुवा मानिसहरुका लागि आवश्यक हुने भएपनि सुरक्षित स्थानमा वृक्षारोपण गरेर संरक्षण गर्नु पर्नेमा जोड दिए ।

रुखका अव्यवस्थित हाँगाहरु छाटेर रुख संरक्षण गर्ने कार्य अन्तरगत पहिलो चरणमा वडा नम्बर १ छाताचौकमा रहेको पुरानो अस्पताल अगाडि सडक क्षेत्र माथी फैलिएका रुखका हाँगाहरु छाटिएको छ ।  सडक प्रयोगकर्ताहरुलाई सडक क्षेत्रमा हुने ठुला तथा बुढा रुखहरु भाँचिने तथा ढलेर दुर्घटना हुने तर्फ मध्यनजर गरेर हाँगा छाट्ने काम गरिएको वडा नम्बर १का वडाध्यक्ष यज्ञमणी आर्चाय वताउछन । उनले यस अघि रुखको हाँगा भाँचिएर लाग्दा एक जना घाइते भएको समेत स्मरण गरे ।

धरानको वडा नम्बर  ८ बगरगाछी, धरानको मुटु मानिने भानुचौक, धरानको वडा नम्बर १ छाताचौक लगायतका धेरै स्थानमा सडक किनाराको बजार क्षेत्रमा ठुला तथा बुढा रुखहरु रहेका छन   ।