इटहरी । ट्राफिक सप्ताह अन्तरगत नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले चालकहरुलाई सहभागी गराई सचेतना कार्यक्रम गरेको छ ।   

आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशको सहयोगमा आयोजित ट्रापिक सचेतना कार्यक्रममा सवारी चालकहरुलाई सवारी चलाउदा अपनाउनु पर्ने सर्तकताका विषयमा सहजिकरण गरिएको हो । 

 सोही कार्यक्रममा लागु पद्धार्थ प्रयोग गरेको परिक्षण गर्ने उपकरण  कोशी प्रदेशमा सुरु गरियो । विगतमा माद्धक पद्धार्थ सेवन मात्र परिक्षण गरिदै आएकोमा लागु पद्धार्थको सेवन समेत परिक्षण गर्ने उपकरणको प्रयोगमा ल्याइएको ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका निरीक्षक राकेश रेग्मीले जानकारी दिए ।WhatsApp Image 2023-07-09 at 18.57.19

लागु पद्धार्थ सेवन गरी सवारी चलाएर दुर्घटना गराए सवारी दुर्घटना गराउने चालकलाई लागु पद्धार्थ मुद्धा समेत चलाउने इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायव उपरिक्षक माधवप्रसाद काफ्लेले वताए ।WhatsApp Image 2023-07-09 at 18.57.20 (1)

नयाँ प्रयोगमा ल्याइएको लापसे परिक्षण गर्ने मेशिनको प्रयोग गरी शंकास्पद तीन जनालाई परिक्षण गरिएकोमा एक जना लागु पद्धार्थ सेवन गरेको पहिचान भएका छ । लागु पद्धार्थ सेवन गरेको पत्ता लागेकाको विषयमा थप अनुसन्धान कारवाहीका लागि इलाका प्रहरी कार्यालय इटहरी नियन्त्रणमा लिएरको छ ।