राष्ट्रिय प्रजातन्त्र पार्टी -राप्रपा_ का अध्यक्ष राजेन्द्र लिङ्देनले ६ महिना धरान उपमहानगरमा आएर काम गर्ने बताएका छन् । राप्रपा सम्पर्क समाज समन्वय विभागको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले हरेक स्थानीय तहलाई राप्रपासँग जोड्न आवश्यक रहेको बताए । 

उनले देशलाई माया गर्ने, धर्मलाई माया गर्ने र देशभित्र नै रोजगारी सिर्जना होस् भनेर चाहना राख्नेहरूको पार्टी राप्रपा हो भनेर बुझाउने र उनीहरूलाई राप्रपामा जोड्ने कामको प्रारम्भ भएको जीकीर गरेका छन । उनले आफै धरान उपमहानगरपालीकामा ६ महीनाका लागी जाने जनाएका हुन । उनले हरेक नेता ६ महिनाका लागि निश्चित स्थानीय तहसँग जोडिनुपर्ने बताए ।

६ महिनामा दैनिक त्यहाँ बस्न सम्भव नभएपछि धेरैजसो समय स्थानीय तहलाई दिने र वडा वडाबाट जनताका कुरा सुन्नुपर्ने उनको भनाइ थीयो ।