पाँचथर । बाढी पहिरोका कारण  पिडित बनेका  पाँचथरको याङवरकका ६७ परिवारलाई क्युक रेष्क्यु टिमले खाध्यान्न सहयोग गरेको छ ।

  बाढी पहिरो पिडित याङवरक गाउँपालिका वडा नम्बर १ र २का ६७ परिवारलाई इसाई समाज कोशी प्रदेशको सहकार्यमा खाध्यान्न उपलव्ध गराइएको वताइएको हो ।vlcsnap-2023-07-08-18h42m31s799

 क्युक रेष्क्यु टिमका अध्यक्ष विक्रम एक्तेनले याङवरकका ६७ परिवार र संखुवासभाका विभिन्न जोखिमपुर्ण स्थानमा वस्दै आएका १६ घर परिवारलाई अस्थायी रुपमा सुरक्षीत स्थानमा वसोवासको व्यवस्था मिलाएर खाद्यान्न सामाग्री २५ केजी चामल,तेल,सावुन,टिसर्ट लगायतका सामाग्रीहरु वितरण गरिएको समेत अध्यक्ष एक्तेनले वताए । 353866529_1002745934231767_6452069993758019372_n

यस अघि पनि क्युक रेष्क्यु टिमले बाढी पहिरो पिडित तथा कोरोना कालमा समेत विपन्न परिवारका लागि खाद्यान्न सहयोग गर्दै आएको छ । कोरोना कालमा स्वास्थ्य सुरक्षा सामाग्री औषधी , पोटेवल अक्सिजन लगायतका सामाग्रीहरु  समस्यामा परेकाहरुलाई घरघरमा पुगेर उपलव्ध गराउदै आएको थियो ।