इटहरी । नेवारी समुदायको धार्मिक तथा सांस्कृतिक मौलिख परम्परामा आधारित विभिन्न सामाग्रीहरु वनाउने कार्य युवा पुस्तामा पनि हस्तान्तरण गर्ने उद्धेश्यले सञ्चालित पाँच दिने तालिम समापन भएको छ ।

    नेवाः पुच इटहरीको आयोजनामा  सञ्चालित जजङ्का,  मण्डप , धुप,बाती, टपरी ,खाजा लगायतका सामाग्री वनाउने पाँच दिने तालिम समापन भएको हो ।

नेवारी समुदायका ४५ जना महिलाहरुको सहभागिता रहेको तालिममा पुष्पा श्रेष्ठले सहजिकरण गरेकी थिइन ।WhatsApp Image 2023-07-08 at 17.23.09

नेपाः बहुउद्धेश्य सहकारी संस्थाको प्रायोजन तथा नेवाः मिस पुच इटहरीको संयोजन रहेको तालिम समापन कार्यक्रम नेवाः पुच इटहरीका अध्यक्ष लक्ष्मीप्रकास श्रेष्ठको अध्यक्षता तथा नेपाः बहुउद्धेश्य सहकारीका कार्यवाहक अध्यक्ष जितेन्द्र बहादुर श्रेष्ठको प्रमुख आथित्य रहेको थियो । नयाँ पुस्तालाई पुरानो चालचलन सहित सस्कारहरु सिकाउने उद्धेश्यले आयोजना गरिएको तालिमको संयोजन भीमबहादुर श्रेष्ठको संयोजकत्व रहेको थियो ।WhatsApp Image 2023-07-08 at 17.23.09 (1)

यही असार १९ गतेबाट सञ्चालित पाँच दिने तालिमका उपलव्धी मुलक भएको तालिम संयोजक संस्था नेवाः मिस पुचकी उपाध्यक्ष कौशलिया श्रेष्ठले जानकारी दिइन । WhatsApp Image 2023-07-08 at 17.23.13 (1)नेवाः पुचले समय समयमा नेवार समुदायका विभिन्न कला ,सस्कार ,सांस्कृतिक पक्ष लगायतका विषयवस्तु समेटेर युवा पुस्तालाई तालिम प्रदान गर्दै आएको छ ।