हेटौडा मकवानपुरमा दुईवटा ट्रक एकआपसमा ठोक्किँदा तीनजनाको मृत्यु दुई जना गम्भिर घाइते भएका छन् । मनहरीमा ना ६ ख ६३१ र ना ६ ख ६६६७  नम्बरको ट्रक एकापसमा ठोक्किदा तीनजनाको मृत्यु सो ट्रक भने ठोक्किदा जलेर ध्वस्त भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सो दुर्घटनामा परी  गोरखा गण्डकी गाउँपालिका– २ गोर्दीटारका सुमन चेपाङ,  मनहरी गाउँपालिका ३ का अमृत प्रजा र चितवन राप्ति नगरपालिका– ८ का रिहान रुम्बाको मृत्यु भएको हो ।

अन्य दुई जना गम्भिर घाइते भएका छन् भने  प्रहरी कार्यालय मकवानपुरका अनुसार उनीहरूको उपचार भइरहेको छ ।