धनकुटा । अर्थाेडक्स चियाको क्षेत्रमा जिल्ला बाहिरका छ वटा उध्योगलाई धनकुटामा ट्रेडमार्क वितरण गरिएको छ ।
टे«डमार्क पाउने उद्योगहरुमा भोजपुर जिल्ला स्थित गरस चिया उध्योग, ईलाम जिल्ला स्थित सिल्भर माउन्टेन टि ईण्डष्ट्रिज प्रालि, फार्मर टि प्रोसेसिङ ईण्डष्ट्रिज, शिद्द देवी टि स्टेट प्रा.लि, नोर्लिग स्पेशियालिटि टि प्रा. लि., ला मण्डला स्पेशियालिटि टि रहेका छन् ।
राष्ट्रिय चिया तथा कफि विकास वोर्ड केन्द्रीय कार्यालय काठमाण्डौको आयोजनामा धनकुटामा अर्थाेडक्स चिया ट्रेडमार्क कार्यान्वयन सम्बन्धि सम्पन्न अभिमुखिकरण कार्यक्रमको अवसर पारेर चिया उद्योगहरुलाई ट्रेडमार्क ईजाजत प्रमाणपत्र वितरण गरिएको हो ।
२०७५ सालबाट हालसम्म २९ वटा उध्योगले ट्रेडमार्क पाउँदासम्म धनकुटा जिल्लाका कुनै पनि उध्योग, चिया किसानहरूको ट्रेडमार्ककालागि आवेदन समेत नपरेको हुँदा अन्य जिल्लाका चिया उध्यमिहरूलाई धनकुटा जिल्लामा बोलाएर ट्रेडमार्क प्रमाणपत्र वितरण गरि धनकुटाका चिया किसानलाई सचेत गराएको राष्ट्रिय चिया तथा कफि विकास बोर्डका कार्याकारी निर्देशक डाक्टर विष्णु प्रसाद भट्टराईले अभिमुखिकरण समापनको अवसरमा जानकारी दिनुभयो ।
नेपाली अर्थोडक्स चियाको आफ्नै ट्रेडमार्क लोगो कार्यान्वयनमा आएसँगै नेपालि चिया रोपिएको १५७ बर्षपछि बल्ल चिया तथा कफी विकास बोर्डले चियाको लोगो औपचारिक रूपमा कार्यान्वयन गरि ट्रेडमार्क ल्याएको हो । नेपाली चिया बजारमा पठाउँदा अबदेखि नेपाल टि क्वालिटी फ्रम दि हिमालयज नामको नेपाली लोगो टाँस गर्न यतिवेला शहज भएको छ । अन्तर्राष्ट्रिय बजारमा जाने गरी कार्यान्वयन गरिएको लोगो चिया क्षेत्रमा नयाँ फड्को भएको चिया किसानहरू बताउनुहुन्छ ।
पहिलो चरणमा देशका १२ उद्योगले लोगो प्रयोग गर्न पाएनु भएको थियो । नेपाली अर्थोडक्स कार्यान्वयन निर्देशिका, २०७४’ निर्देशिकाले तय गरेको मापदण्ड पूरा गरेका उद्योगलाई मात्र लोगो हस्तान्तरण गरिएको बोर्डका कार्यकारी निर्देशक डा. भट्टराईले बताउनुभयो ।
उहाँका अनुसार यसरी कार्यान्वयनमा ल्याइएको लोगो आफ्नो उत्पादन निकासा हुने देशहरूमा पनि दर्ता गराउन भने अनिवार्य छ । बोर्डले यसअघि विदेशमा पनि आफ्नो लोगो दर्ता गराएर उत्पादित वस्तु निर्यातको अनुमति लिने प्रक्रिया भने निकै झन्झटिलो र खर्चिलो रहेको छ ।
देशभरका पाँचहजार बढि किसानहरु आवद्ध २९ वटा उद्योगले टे«डमार्क पाईसकेको अवस्थामा ऐतिहासिक रुपमा चियाको क्षेत्रमा स्थापति धनकुटा जिल्लाका किसानले टे«डमार्कका लागि कुनै पहल नगर्नु विडम्बना रहेको बताउदै धनकुटाका किसान चियामा विस्थापति भएर या अन्य पेशामा लागेको हो कि भन्ने आशंका रहेको बोर्डका कार्यकारी निर्देशक डा. भट्टराईले बताउनुभयो ।
चियाका परिमाण बोर्डलाई देखाउन कुन व्यवसायीले कति चिया निकासी गरे भन्ने सबै तथ्याक बोर्डमा रहने बोर्डको निर्देशिकाले लोगो कार्यान्वयन पछि ट्रेडमार्क ईजाजत पत्र वितरण गरिएको बोर्डले जनाएको छ ।
यदि निर्देशिकामा भएका विषय र आचारसंहितालाई उल्लघन गरे दिएको लोगो खोस्न पनि सकिने भएकाले बगान र उद्योगमा पनि गुणस्तरीय चिया प्रशोधन तथा उत्पादन र प्याकेजिङ्गजको कामको पनि कडाइका साथ अनुगमन हुने उहाँले जानकारी दिनुभयो। लोगो प्रयोग गरेबापत व्यवसायीले प्रतिकिलो ५० पैसामा कर जम्मा गर्नुपर्ने छ । जर्मनी, रुस अस्ट्रेलियालगायतका देशमा नेपाली चिया जाने गरेको छ । लोगो कार्यान्वयनमा आउँदा नेपाली चियाले बल्ल आफ्नो पहिचान पाएकोमा खुसि लागेको टे«डमार्क पाउने ला मण्डला स्पोशियालिटी टीका निर्देशक उषा शुब्बाले बताउनुभयो ।
इलाम, झापा, पाँचथर, भोजपुर, धनकुटालगायतका १४ जिल्लामा आठ हेक्टरमा चिया खेती हुँदै आएको चिया तथा कफी विकास बोर्डको तथ्यांकमा उल्लेख छ ।




















