धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले ४ जना राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरुलाई सम्मान तथा बिदाई गरेको छ ।

सम्मान तथा विदाई हुने स्वास्थ्य स्वयं सेविकाहरुमा छथर जोरपाटी गाउँपालिका भित्र कार्यरत ६० बर्ष उमेर पुरा भएका इन्द्र कुमारी सुवेदी, मुनादेवि थापा, भीमकुमारी भूजेल र डम्बर कुमारी वि.क. रहनु भएको छ । 

प्रमुख अतिथी निवर्तमान भूमी व्यावस्था सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्र कुमार राई र कार्यक्रमका अध्यक्ष एवम् छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र बहादुर सुब्बाले उहाँहरुलाई नगद २५ हजार सहित दोसल्ला ओडाइ सम्मान पत्रले सम्मान गर्नु भएको छथर जोरपाटी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुन्दरमान डंगोलले जानकारी दिनु भयो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गिता खेवा, वडा अध्यक्ष, कार्यपालिका सदस्य, जनप्रतिनिधी, गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत जितमान जीमिलगायतको उपस्थिति रहेको थियो ।